१८ बैशाख २०८१, मंगलवार

थापाथली क्याम्पसलाई भूकम्पीय अनुसन्धान केन्द्रका रुपमा विकास गरीने

thapathali

त्रिभुवन विश्वविद्यालयले थापाथली इञ्जिनियरिङ् क्याम्पसलाई भूकम्पीय अनुसन्धान केन्द्रका रुपमा विकास गर्ने भएको छ । स्वदेशमै भूकम्पसम्वन्धी विज्ञ जनशक्ति उत्पादन गर्ने उद्देश्यले त्रिवि इञ्जिनियरिङ अध्ययन संस्थानले क्याम्पसलाई अध्ययन, अनुसन्धान केन्द्रको रुपमा विकास गर्न लागेको हो ।

भूकम्पीय दृष्टिले नेपाल जोखिम क्षेत्रमा पर्छ । २०७२ सालको महाभूकम्पले ठूलो जनधनको क्षति भए पनि अहिलेसम्म नेपालमा भूकम्पीय जोखिमबाट बँच्ने र क्षति न्यूनीकरणका लागि पूर्वतयारी खड्किँदै गएको छ । सोहीकारण त्रिविले थापाथली इन्जिनियरिङ क्याम्पसलाई नेपालकै प्रमुख भूकम्पकीय अनुसन्धान केन्द्रका रुपमा विकास गर्न लागेको हो । यसबाट भूकम्पसम्बन्धी विज्ञ जनशक्ति तयार हुने अपेक्षा त्रिविको छ ।

अहिले पनि भूकम्पसम्वन्धी उच्चशिक्षा अध्ययनका भारत लगायतका मुलुकमा जानुपर्ने बाध्यता छ । भौगोलिक अवस्था अनुसार नेपाललाई बुझ्ने विज्ञ तयार गर्न र उच्चशिक्षामा विश्वस्तरको भूकम्पसम्वन्धी सैद्धान्तिक, व्यावहारिक ज्ञान समेत दिनेगरी अध्ययन अनुसन्धान केन्द्रको रुपमा विकास गर्न लागिएको हो । यसका लागि पूर्वाधार बनिसकेको छ भने प्रयोगशालाका लागि सामान आउने क्रममा छ ।

अटोमोबाइल र मेकानिकल इञ्जिनियरिङ्लगायत १० वटा कार्यक्रम सञ्चालनमा रहेको क्याम्पसलाई भूकम्पसम्वन्धी अध्ययन अनुसन्धान केन्द्र बनाउन इण्डियन इन्स्टीच्युट अफ टेक्नोलोजीसाग सम्झौतासमेत भइसकेको छ ।

पूर्वाधारहरु भूकम्पमैत्री बनाउन र भूकम्पबारे उच्च तहमा अध्ययन अनुसन्धान हुन सकेमात्र भूकम्पीय जोखिम न्यूनीकरणमा उपलब्धी हासिल गर्न सकिन्छ ।

    सम्बन्धित समाचार...