८ जेष्ठ २०८१, मंगलवार

नेकपा एमाले परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएका भुसालकाे चुनाव चिन्ह ‘त्रिभुज’

bhusal

नेकपा एमाले परित्याग गरेर प्रतिनिधि सभातर्फ रुपन्देही क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिनुभएका घनश्याम भुसालले ‘त्रिभुज’ चुनाव चिनह पाउनुभएकाे छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले उहाँलाई बुधवार चुनाव चिह्न ‘त्रिभुज’ दिएको हो ।

एमाले परित्याग गर्नुभएका भुसाललाई सत्ता गठबन्धनले पनि समर्थन गरेको छ । सत्ता गठबन्धनमा नेकपा माओवादी केन्द्रको भागमा परेको उक्त क्षेत्रबाट एमालेले छबिलाल विश्वकर्मालाई उम्मेदवार बनाएको छ ।

त्रिभुजको एउटा भुजाले लोकतन्त्र, अर्को भुजाले सामानिक न्याय र अर्को विकास जनाएको अर्थ्याएर निर्वाचन चुनाव चिन्ह छानिएको भुसालका स्वकीय सचिव मनोज रिजालकाे भनाइ छ ।