Close Me
३ माघ २०८१, बिहीबार

नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्दै घनश्याम भुसाल

ghanashyam bhusal
फाइल फोटो

नेकपा एमाले छाडेर माओवादी केन्द्रको समर्थनमा उम्मेदवार बनेका वामपन्थी नेता घनश्याम भुसाल आज (शुक्रबार) नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्दै छन् ।

नयाँ बानेश्वरस्थित एक होटेलमा शुक्रबार २ बजे एक कार्यक्रमबीच उनले पार्टी प्रवेशको स्वघोषणा गर्ने कार्यक्रम छ । गत निर्वाचनमा उम्मेदवारी बन्न नपाएसँगै एमाले परित्याग गरेको घोषणा गरेका भुसाल शुक्रबार एकीकृत समाजवादीमा प्रवेश गर्न लागेका हुन् ।

भुसालले आफूनिकट केही एमाले कार्यकर्तालाई पनि सँगै ल्याउने तयारीमा छन् ।

भुसाललाई एकीकृत समाजवादीको स्वागतपत्र

यसअघि एकीकृत समाजवादीले एमाले त्यागेका भुसाललाई पार्टीमा भित्र्याउन बुधबार साँझ स्वागत पत्र पठाएको थियो ।

एमाले छाडेर मंसिर ४ को निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रुपमा रूपन्देही १ बाट प्रतिनिधिसभा चुनाव लडे पनि पराजित भएका थिए । भुसाललाई अहिले सचिवालय सदस्यमा ल्याएर केही समयपछि पदाधिकारीको जिम्मेवारी दिने एकीकृत समाजवादीको तयारी छ । भुसालले पार्टीमा महासचिवको दाबी गरिरहेका छन् ।