१ जेष्ठ २०८१, मंगलवार

भीम रावलको ओलीलाई प्रश्न : ‘शंकास्पद-संदिग्ध हरियो सर्प’ लाई माथि चढाउने को ?

kp bhim

नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ‘संदिग्ध’ नेता प्रभु साहलाई कसले माथि चढाएको भनी प्रश्न गर्नुभएको छ ।

एक टेलिभिजन कार्यक्रममा अन्तर्वार्ता दिँदै ओलीले एमाले नेता साहले ‘केही समय अघिदेखि नै संदिग्ध गतिविधि गरिरहेको भनेपछि उक्त भनाइ माथि रावलले टिप्पणी गर्नुभएको हो ।

साहले एमालेले दिएको टिकट त्यागेर स्वतन्त्र उम्मेदवारी दिनुभएको छ। साथै, साहले मधेश प्रदेशमा एमालेसँगको तालमेलमा भागबण्डा गरेर जसपाले उम्मेदवार उठाएका क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएकाे छ।

रावलले सामाजिक सञ्जाल लेखेको स्टाटस:

प्रभु साहाको ‘विद्रोह’ बारे निज पहिलेदेखि संदिग्ध चरित्रको भन्ने अध्यक्ष केपीको भनाइ सुनियो।’हरियो सर्प’ भनेको पनि आयो।’संदिग्ध र हरियो सर्प’लाई माथि चढाउन जिम्मेवार को र आज अनेकौं ‘संदिग्ध र रंगिविरंगी सर्प’ किन हुर्काइदैछ भन्ने पनि स्पष्ट गर्ने कि?