७ बैशाख २०८१, शुक्रबार

भारत र चिन बिच लद्दाख सिमामा लगातर तनाव बढ्दै, सिमा क्षेत्रमा चिनको एअर बेस, चिन भारत आमने-सामने

sino india

लद्दाख सिमा क्षेत्रमा भारत र चिन बिच तनाव बढ्दै गएको छ । अघिल्लो हप्ता गस्तिमा रहेको भारतिय सैनिक टुकडिलाई केहि घण्टा बन्दी बनाएको समाचार भारतिय संचार माध्यममा आए संगै उक्त तनाव सतहमा आएको हो ।

दुबै पक्षका सिपाहीहरू लद्दाख क्षेत्रको गलवान घाटीमा शिविर बनाएर बसेका छन् । उनीहरू एक अर्कामा विवादित सीमा नाघेर अगाडी बढेको आरोप लगाउँदै आएका छन । सन १९६२ मा पनि विवाद हुँदा भारत र चिन बिच रक्तपात पुर्ण युद्द भएको थियो जसमा भारत चिनसँग हारेको थियो ।

दुवै देशहरुले आ-आफ्नो भुमिमा सैनिक तैनाथी बढाएका छन भने चिनियाँ ट्रकहरु उक्त क्षेत्र मा उपकरण सारिरहेका छन् । भारतिय संचार माध्यम ले जनाए अनुसार यो तनाव संगै भारत ले पनि लद्दाख को सिमामा सैनिक तैनाथी बढाएर लगेको छ ।

china airbase laddakh

स्याटेलाईट बाट प्राप्त तस्विरको सहायतामा भारतले चिन माथी सिमा क्षेत्रमा सैनिक गतिविधी बढाउदै गएको आरोप लगाएको छ । उक्त तस्विरमा उचाईमा निर्मित चिनियाँ हवाई अड्डा देख्न सकिन्छ जुन चिनले पङ्गोङ ताल भन्दा लगभग २०० कि मि को दुरीमा छ ।

चाइनाले बनाएको हवाईअड्डामा फाइटर प्लेनको तैनाथी देख्न सकिन्छ ।

ladakh china airbase

उक्त क्षेत्र मा चिनिँया गतिविधी बढे संगै भारत सतर्कता मा आएको छ ।

नेपालले जारी गरेको नयाँ नक्सा बारेमा बोलेका भारतिय सेनापती नारावने ले मे २३ तारि का दिन विवादित क्षेत्र भ्रमण गरेका थिए । उनको भ्रमण अगाडी चिनिँया सेनाले भारतिय गस्ती टोलीलाई नियन्त्रणमा लिएको खबर भारतिय संचार माध्यममा छाएको थियो ।

यसै बिच चिनले आफ्ना नागरिकहरुलाई भारत बाट फिर्ता लग्न तयारी शुरु गरेको छ ।

भारतिय संचार माध्यमले जनाए अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीले चीनसँग चलिरहेको अडानबारे छलफल गर्न उच्चस्तरीय बैठक सम्पन्न भएको छ। सहभागी हुनेहरूमा तीन सेवा प्रमुख, राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल र रक्षा प्रमुख जनरल बिपिन रावत रहेका छन्। यसभन्दा अघि विदेश सचिवसँग छुट्टै बैठक भएको थियो।

प्रधानमन्त्री मोदीसँग भेटघाट हुनु अघि रक्षामन्त्री राजनाथ सिंहले पनि तीन सेवा प्रमुखलाई भेटेका थिए। चिनियाँ र भारतीय सेना बिच सिक्किम र लद्दाखमामा भइरहेको झगडा को बेला यो उच्चस्तरिय भेटलाई महत्वपुर्ण रुपमा हेरिएको छ ।