२२ बैशाख २०८१, शनिबार

लमजुङमा १३ जनाको मनोनयन दर्ता

IMG b44ad53dd9366f4c71cef49b322b3dce V

मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि लमजुङबाट स्वतन्त्रसहित १३ जनाले मनोनयन दर्ता गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न राजनितिक दल र स्वतन्त्रसहित १३ जनाले मनोनयन दर्ता गराएका हुन् ।

निर्वाचनका लागि नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले मनोनयन दर्ता गराएका छन् । त्यसैगरी गठबन्धनका तर्फबाट नेकपा माओवादी  केन्द्रका महासचिव देवप्रसाद गुरुङको उम्मेदारी परेको छ ।

राप्रपा नेपालबाट टकबहादुर गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टी बाट धर्मराज केसी, आमुल परिवर्तन मसिह पार्टीबाट नन्दजंङ गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट राजेन्द्र प्रसाद प्रजापतीले मनोनयन दर्ता गराएका छन् ।

त्यसैगरी  नेपाली कांग्रेस  विपीबाट डा. लक्ष्मीकान्त पौडेल, मंगोल नेसनल अर्गनाईजेशन पार्टीबाट बिकास गुरुङ, राप्रपा बाट बालचन्द्र श्रेष्ठ, जनता समाजवादी पार्टीबाट नरेन्द्र बहादुर गुरुङको उम्मेदारी परेको छ भने स्वतन्त्रबाट चन्दन बस्याल, प्रकाश जोशीको उम्मेदारी परेको छ ।

त्यसैगरी प्रदेश सभा क तर्फ नेकपा एमालेका जमिन्द्रमान घले, गठबन्धनका तर्फबाट नेपाली कांग्रेस लमजुङका सभापति डा टकराज गुरुङ, नेपाली कांग्रेस विपी बाट खुशीमाया गुरुङ, अस्मिता, राप्रपाबाट अप्सरा शाह, जनता समाजबादी पार्टीबाट सरस्वती गुरुङ र मंगोल नेसनल अर्गनाईजेन पार्टीबाट बिर्खबहादुर तामाङको उम्मेदारी परेको छ ।

त्यसैगरी प्रदेश सभा ख तर्फ नेकपा एमालेका तर्फबाट जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारी, गठबन्धनका तर्फबाट नेपाली कांग्रेस लमजुलका निर्वमान सभापति भेषबहादुर पौडेलको उम्मेदारी परेको छ ।

त्यसैगरी सोही निर्वाचन क्षेत्रमा हाम्रो नेपाली पार्टीबाट विमल घिमीरे, राप्रपाबाट ततबहादुर गुरुङ, जनता समाजबादी पार्टीबाट युवराज दुरा, मंगोल नेसनलन अर्गनाईजेन पार्टीबाट राज गुरुङ, नेपाली काँग्रेस विपीबाट नवराज बसौलाको उम्मेदारी परेको छ ।

IMG 2817769f658333a697e7e25b346665d9 V
IMG b49482d4bff01fac3117bfd5bdc469d0 V
IMG b44ad53dd9366f4c71cef49b322b3dce V