२२ बैशाख २०८१, शनिबार

डीडीएलजेको त्यो गीत २३ पटक रिजेक्ट भएर २४औं पटकमा फाइनल

shah rukh khan dilwale dulhania le jayenge

मनोरञ्जन जगतमा फिल्म र फिल्मसँग सम्बन्धित कलाकारसँग जोडिएका किस्सा तथा कथा लोकप्रिय छन् । भारतीय फिल्मको इतिहासमा सर्वाधिक लोकप्रिय र लामो समयसम्म फिल्म हलमा रिलिज भएको फिल्म ‘दिलवाले दुल्हनियाँ ले जाएंगे (डीडीएलजे)’ को एक किस्सा निकै रोचक छ ।

९० को दशकमा रिलिज भएको राज र सिमरनको यो प्रेमकथालाई सबै भारतीय दर्शकले मन पराएका थिए । शाहरुख खान र काजोलको यो शानदार केमिष्ट्री सजिएको फिल्मलाई भारतीय फिल्ममा अहिलेसम्मकै उत्कृष्ट रोमान्टिक फिल्मका रुपमा चित्रण गरिन्छ । यो फिल्म करिब २५ वर्षसम्मम फिल्म हलमा रिलिज भयो । कतिपय हलमा त अहिले पनि यो फिल्म प्रदर्शन भइरहेको छ ।

यो फिल्मको एक गीत ‘मेरे ख्वाबों में जो आए’ गीत अहिले पनि उत्तिकै लोकप्रिय छ । काजोललाई चित्रण गरिएको यो गीतलाई गीतकार आनन्द बक्सीले लेखेका हुन् । यो गीत २३ पटक रिजेक्ट भएर २४औं पटक फाइनल भएको थियो ।

गीतकार बक्सी पटक पटक यो गीत लेखेर आदित्य चोपडालाई देखाउँथे, तर गीतको बोल मन नपरेको भन्दै चोपडाले हरेक पटक गीत अस्वीकार गर्थे । आनन्दले २३ पटक गीत देखाउँदै २३ पटक नै अस्वीकृत भएको थियो । २४ औं पटकमा भने बक्सीले गीतमा परिवर्तन गरेर आदित्यले गीतलाई फाइनल गरेका थिए ।

सन् १९९५ मा रिलिज यो फिल्ममा अमरीश पुरी, अनुपम खेर, फरीदा जलाल, करण जोहार, मन्दिरा वेदीजस्ता कलाकारको अभिनय थियो ।