१६ चैत्र २०८०, शुक्रबार

अछामको राजनीतिमा तरङ्ग

bhim rawal

नेकपा एमालेका नेता भीम रावलको क्षेत्रबाट झपट बोहोरा उम्मेदवार बन्ने भएका छन्।

एमालेले रावलको सट्टा बोहोरालाई प्रतिनिधि सभाको उम्मेदवार बनाउने निर्णय गरेको हो।

अछाम-१ बाट बोहोरालाई टिकट दिएको एमाले स्रोतले जनाएको छ।

माओवादीबाट एमाले प्रवेश गरेका बोहोरा एमाले केन्द्रीय सदस्य एवं अछाम इन्चार्ज हुन्।

एमालेको अछाम जिल्ला कमिटी र सुदूरपश्चिम प्रदेश कमिटीले रावलको नाम अछाम क्षेत्र नम्बर १ का लागि सिफारिस गरेको थियो।