१२ बैशाख २०८१, बुधबार

चौरजहारी घटनाबारे सांसद जनार्दन शर्माले बोल्दा संसदमा हंगामा

rukum incident parliament

रुकुममा तीनजना दलित युवकको हत्या भएको घटनामा त्यहाँका सांसद जनार्दन शर्मा प्रभाकरले बोल्ने क्रममा प्रतिनिधिसभामा हंगामा भएको छ।

सांसद शर्माले आफ्नो जिल्लामा भएको घटनाका बारेमा जानकारी दिँदै घटनाको छानविन गर्न माग गरिरहेका बेला काँग्रेस सांसदले घटनाबारे गृहमन्त्रीले जवाफ दिनुपर्ने माग गरेका थिए । 

जाजरकोटाका दलित युवकको रुकुमस्थित चौजारहरी नगरपालिकामा भएको हत्याका बिषयमा सांसदहरुले कुरा उठाइरहँदा संसदमा तनाव भएको हो। पूर्वगहृमन्त्रीसमेत रहेका शर्मा र जाजरकोटका एक पूर्वमन्त्रीसहितले घटनाको ढाकछोपमा लागेको आरोप नेपाली कांग्रेसका सांसदहरुले लगाएका छन्।

शर्माले बोल्दै गर्दा काँग्रेस सांसदले उठेर हो हल्ला गरेपछि सभामुख अग्नि सापकोटाले काँग्रेस सांसदलाई पटक पटक बस्न आग्रह गरेका थिए । त्यसपछि गृहमन्त्री रामबहादुर थापालाई सभामुखले जवाफ दिन समय दिएका छन् ।

शर्माले बोलिरहँदा काँग्रेससहितका सांसदहरुले उठेर आपत्ति जनाएपछि सभामुख अग्निप्रसाद सापकोटाले पटक पटक सम्मालिन आग्रह गरेका थिए। सभामुख सापकोटाले गृहमन्त्री रामबहादुर थापा बादललाई बोल्न दिँदा पनि तनाव भएको थियो।

यसबारे गृहमन्त्री थापाले आजै राष्ट्रियसभामा पनि सांसदहरुको प्रश्नको उत्तर दिइसकेका छन्।