१५ बैशाख २०८१, शनिबार

पुराना दलको चुनौती बन्दै रेशम चौधरीको पार्टी कैलालीमा

Resham Chaudhary
फाइल फोटो

नागरिक उनमुक्ति पार्टी गठन भएको छोटो समयमा नै कैलालीका स्थानीय तहमा आफ्नो प्रभुत्व जमाउन सफल भयो । चार वटा स्थानीय तह जितेको यो पार्टी अहिले ठूला भनिएका राजनीतिक दलका लागि प्रतिनिधिसभा र प्रदेशसभाका लागि चुनौती बनेको छ ।

२०७२ साल भदौ ७ गते भएको टीकापुर घटनामा सरकारले रेसम चौधरीलाई मुख्य दोषी बनायो । तर, निर्वासित रहेको अवस्थामा चौधरीले राष्ट्रिय जनता पार्टी राजपाबाट २०७४ सालको प्रतिनिधिसभा निर्वाचन जित्नुभयो । त्यसपछि जेलमै रहेका चौधरीले नागरिक उनमुक्ति पार्टी गठन गर्नुभयो ।

अहिले यो पार्टी कैलालीमा ठूला भनिएका राजनीतिक दलका लागि चुनौती बनेको छ । स्थानीय तह निर्वाचनमा चार सिट जितेर आफ्ने प्रभुत्व जमाएको पार्टीबाट रेसम पत्नी रन्जिताले प्रतिनिधिसभातर्फ उम्मेद्वारी घोषणा गर्नुभएको छ । रञ्जिताको चुनावी प्रतिस्पर्धा कैलाली क्षेत्र नम्बर १ बाट कांग्रेस उम्मेद्वार रामजनम चौधरीसँग हुँदैछ ।

कांग्रेस र एमालेको बराबर भोट रहेको मानिएको यो क्षेत्रमा रञ्जिताको उपस्थितिले अनेक प्रश्न उब्जाएको छ । तर, रञ्जिता आफू मात्र नभई कैलालीका ५ वटा क्षेत्रमा जीत सुनिश्चित रहेको दाबी गर्नुहुन्छ ।

क्षेत्र नम्बर १ मा रञ्जिताको उम्मेदवारी पर्दा क्षेत्र नम्बर २ मा अरुण चौधरी चुनावी मैदानमा उत्रिनुहुने भएको छ । क्षेत्र नम्बर २ मा पनि कांग्रेस र एमालेको मत बराबर छ भने गठबन्धन भएमा नेकपा माओवादीको मत मिलाउँदा गठबन्धन बलियो हुनेछ ।

यो क्षेत्रमा गठबन्धनबाट नेकपा माओवादीले संविधान सभा सदस्य भगत बडुवाललाई मुक्ति साझा उम्मेदवार बनाई सकेको छ । तर नागरिक उन्मुक्तिबाट उम्मेदवार बनेका अरुण यो भन्दा अगाडि नेपाली कांग्रेसमा आबद्ध हुनुहुन्थ्यो । कांग्रेसको मत काट्ने र आफूलाई मत आउने उहाँको दावी छ ।

२०४८ सालदेखि संसद्को यात्रा तय गरेका रामजनम चौधरीले यो क्षेत्रबाट तीन पटक चुनाव जित्नुभएको छ । अन्तिम पटक २०५६ सालमा निर्वाचित हुनुभएका चौधरीलाई रञ्जिताले रोक्न सक्नुहुन्छ होला त रु कैलालीवासी मंसिर ४ को प्रतीक्षामा छन् ।