१६ चैत्र २०८०, शुक्रबार

घातक बन्दै कोरोनाभन्दा डेंगु संक्रमण, सरकारको तयारी सुस्त

dengu

कोरोना महामारीपछि डेंगु संक्रमण घातक बन्दै छ । हिमाल, पहाड तराई सबै क्षेत्रमा डेंगु संक्रमण फैलिएको छ भने मृतकको संख्या पनि बढेको छ । अवस्था भयावह हुँदा पनि सरकारको तयारी सुस्त देखिएको छ ।

डेंगु संक्रमणाबाट हालसम्म २७ हजार भन्दा बढीमा प्रभावित बनेको सरकारी तथ्यांक छ । संक्रमित मध्ये हालसम्म ३६ जनाको मृत्यु भैसकेको छ । एडिज जातको लामखुट्टेको टोकाइबाट डेंगु संक्रमण हुँदा शरीरमा प्लेटलेट्सको संख्या घट्दै जान्छ र ज्यानै पनि जान सक्छ ।

यसरी ज्यानै जाने डेंगु संक्रमणलाई नियन्त्रण गर्न प्रयास जारी राखेको सरकारी दाबी छ । डेंगु नियन्त्रण गर्न ७ वटै प्रदेशमा डेंगु नियन्त्रणका लागि खोज र नष्ट अभियान सञ्चालन गर्न बजेट विनियोजन गरेको, विभिन्न माध्यमबाट प्रचार प्रसार, डेंगु रोग नियन्त्रणका लागि किट उपलब्ध गराएको सरकारले पटक–पटक दाबी गर्दै आएको छ । तर जनस्वास्थ्य विज्ञ भने डेंगु नियन्त्रणमा तीनै तह गम्भीर बन्न नसक्दा अहिलेको अवस्था सृजना भएको बताउँछन् ।

२०६१ सालदेखि नेपालमा डेंगु संक्रमण देखिएको हो । २०६१ सालमा १ जनामा डेंगु संक्रमण भएको सरकारी तथ्याकं छ । तर मंगलबारसम्मको तथ्याकं हेर्ने हो भने २०७९ मा सबै भन्दा धेरै २७ हजार ५ सय ६९ मा डेंगु संक्रमण पुष्टि भएको छ ।

डेंगु संक्रमण र मृतकको संख्या बढ्दै जानुले डेंगु संक्रमण नियन्त्रणमा सरकार फेल भएको पुष्टि हुने विज्ञहरुको तर्क छ ।

प्रदेश एकमा डेंगी संक्रमण बढ्दो

प्रदेश एकमा डेंगी संक्रमणको जोखिम बढ्दो छ । प्रदेश एकमा हालसम्म एक जनाको डेंगीका कारण मृत्यु भएको छ भने सात सय १६ जना संक्रमित छन् । अघिल्ला वर्षहरुमा डेंगी रोग प्रायजसो तराईका जिल्लामा मात्र देखिन्थ्यो भने अहिले हिमाली र पहाडी जिल्लामा पनि फैलिँदो छ ।

प्रदेश एकका अस्पतालहरुमा डेंगी संक्रमित र डेंगीसाग मिल्दाजुल्दा लक्षण देखिने बिरामीहरुको चाप बढेको छ । विराटनगरको कोशी अस्पतालमा आउने बिरामीमध्ये दैनिकजसो २० जनाको परीक्षण गर्दा चारदेखि पााच जनामा डेंगी रोग पुष्टि भएको छ । डेंगी एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट सर्ने रोग हो । यो लामखुट्टेले विशेषगरी दिउासो टोक्ने गर्दछ ।

डेंगी सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्छ । यसको संक्रमणबाट बच्न घरवरीपरि सफा राख्न, पानी जम्न नदिन चिकित्सकले सुझाएका छन् ।

भदौ महिनामा मात्र तीनसय ९९ सय जना संक्रमित भएका थिए । प्रदेश एकका पहाडी जिल्ला तेह्रथुममा सबैभन्दा बढी एकसय २९ जना, हिमाली जिल्ला संखुवासभामा एक सय तीन जना, सुनसरीमा ९७ जना, मोरङमा ४५ जना, झापामा ४० जना, उदयपुरमा ४२ जना डेंगी संक्रमित छन् । लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगको बचावटको मुख्य उपाय हो ।