१६ चैत्र २०८०, शुक्रबार

केन्द्रमा सिट बाँडफाँटको सकस, जिल्लामा विद्रोहको धम्की

308235605 1238441633600174 7629926996290006116 n

मंसिर ४ गते हुने निर्वाचनका लागि सत्तागठबनधनमा सिट बाँडफाँडको सकस जारी छ । शीर्ष नेतृत्वले काठमाडौंमा बसेर सिट बाँडफाँडको टुंगा लगाउने अन्तिम गृहकार्य गरिरहँदा विभिन्न जिल्लामा स्थानीय नेतृत्वले विद्रोहको धम्की दिइरहेको छ ।

–सत्तागठबन्धनको भागवण्डामा धनकुटा कांग्रेसले पाउने खबर बाहिरियो । लगत्तै माओवादीका पोलिटब्यूरो सदस्य हेमराज भण्डारीसहित सिंगो जिल्ला समितिले पार्टी परित्यागको घोषणा ग¥यो ।

–सिन्धुपाल्चोक-१ माओवादी केन्द्रको भागमा पर्ने खबरपछि कांग्रेसको क्षेत्रीय समिति नै सामाजिक सञ्जालमा राजीनामा दिएर बाहिरिने चेतावनी दिइरहेको छ । सो क्षेत्रमा कांग्रेसकै मोहनबहादुर बस्नेतले टिकट पाउनुपर्ने कांग्रेस कार्यकर्ताको माग छ ।

(डोटीमा कांग्रेस र एकीकृत समाजवादीमध्ये कसले पाउने विवाद छ । समाजवादीका प्रेम आलेले टिकट पाउने खबर सार्वजनिक भएपछि कांग्रेसको स्थानीय नेताले त्यसलाई नस्विकार्ने बरु पार्टी छाड्ने धम्की दिएका छन् ।

यी त केही प्रतिनिधिमूलक घटना मात्र हुन् । सत्तागठबन्धनमा रहेका दलले क्षेत्र भागबण्डा गर्दा पहिला जितेका र आफ्नो प्रभाव रहेका क्षेत्रसमेत अर्को दललाई छाड्नुपर्दा धेरै ठाउँमा पार्टी परित्याग र विद्रोहको चेतावनी दिने क्रम जारी छ ।

सत्तागठबन्धनको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस अहिले सिट बाँडफाँडलाई लिएर देखिएको असन्तुष्टि स्वभाविक भएको बताउँछ । कांग्रेस एक्लै चुनावमा जाँदा त टिकटको विषयमा असन्तुष्टि व्यक्त हुने गरेको भन्दै अहिले ५ दलको गठबन्धन हुँदा असन्तुष्टि व्यक्त हुनु सामान्य विषय रहेको कांग्रेस बताउँछ ।

मुख्य सत्ताघटक नेकपा माओवादी केन्द्रभित्र पनि सिट बाँडफाँडको विषयलाई लिएर असन्तुष्टि छ । धनकुटामा जिल्ला समिति नै पार्टीबाट बाहिरिएको छ भने अरु जिल्लामा भने असन्तुष्टि व्यक्त हुने क्रम जारी छ । गठबन्धनकै एकीकृत समाजवादी र जनता समाजवादी पार्टीभित्र पनि यस्ता असन्तुष्टिहरु छन् ।

एक्लै लड्दा धेरैले अवसर पाए पनि गठबन्धन हुँदा सिमित सिटमा पनि खुम्चनुपर्दा दलभित्रका आकांक्षीहरु असन्तुष्टि हुने गरेका छन् । कतिपयले पार्टी नै परित्याग गरिसकेका छन् । चुनावको बेलामा यस्ता छिटपुट घटना हुनु स्सामान्य भए पनि सत्तागठबन्धन बलियो भएरै अगाडि बढेको गठबन्धनका नेताहरु दाबा गर्छन् ।

लोकतान्त्रिक वयवस्थामा दलहरु आआफ्नो विचार लिएर जनतामा जानुपर्ने हो । तर, जसरी पनि जित्ने विषयलाई दलहरुले प्राथमिकतामा राख्दा नेपालमा गठबन्धन संस्कृति बढ्दै गएको मात्र छैन, दलभित्र अवसर नपाए अर्को दलमा जाने क्रम पनि बढेको छ । विचार भन्दा सत्ता र शक्तिलाई प्रधानता दिने गठबन्धन संस्कृतिले देशलाई कुन बाटोमा लैजाने हो रु हेर्न बाँकी नै छ ।