२९ बैशाख २०८१, शनिबार

खोटाङ्गे जनताको लागि दिनरात लागि पर्दे साँसद विशाल भट्टराई

100797487 685609272273713 9144384976941219840 n scaled

योगिन राई/ बिश्वब्यापि माहामारिको रुपमा फैलिएको कोरोना भाइरसको कारणले गर्दा अहिले विश्व लकडाउनको अबस्थामा रहेको छ । यसको ठुलो असर नेपालमा समेत परेको छ ।

यस समयमा एक जिल्लाबाट अर्को जिल्ला जान पाइने छैन भने अत्याश्यक कामबाहेक मानिसहरु घरबाहिर निस्कन पाइदैन । यसबेला राजधानिमा कोठाभाडा लिएर बस्दै आएका र लकडाउनको कारण घर जान नपाएका विशेष गरि मजदुर तथा बिधार्थिहरुलाई ठुलो मार्का परेको छ ।

100881905 1181889022156629 2995794630181650432 n

उनिहरुको बिहान बेलुका खाधान्नको अभाब भइरहेको बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य, खोटाङ जिल्लाबाट प्रतिनिधि सभा सदस्य (सांसद) विशाल भट्टराई भने जिल्लाबासिको कोठा-कोठमा पुगेर खाधान्न बितरण गरिरहेका छन ।

लकडाउनको समयमा राजधानिमा बसोबास गरेका दुखि मजदुर विधार्थीतथा अन्य मानिसहरु भोकै बस्नु नपरोस भन्ने उदेश्यका साथ रातदिन लागिरहेका छन सांसद भट्टराई ।

लकडाउनमा घर जान चाहनेहरुलाइ उनकै पहलमा बैशाख १८/१९ गत्ते जिल्ला लाने पहल गरेतापनि गृह मन्त्राले आदेश नदिएको कारण जिल्लाबासि राजधानिमै रहेका थिए । भने केही दिन अगाडि उनकै पहलमा आफैंले जिल्लामा आबश्यक स्वास्थ्य सामाग्रि पुर्याएर राजधानि फिरेका छन ।

100988957 2609429902604031 2084076045081772032 n 1

उनले केही अगाडि राजधानिको बिभिन्न स्थानमा पुगेर ४०० परिबारलाई राहत बाडिसकेको र बाँकी राहत आबश्यक रहेका जिल्लाबासिलाई फेरि राहत बाडन सुरु गरेको बताएका छन । साथै खोटाङ घर भइ राजधानिमा रहेका तथा अप्ठ्यारेमा जिल्लाबासिला अप्ठ्यारोमा परेका जिल्लाबासिलाई आफुसँग सम्पर्क गर्न समेत साँसद भट्टराई बताउछन ।

100894056 251790962600234 1900309379626827776 n