११ बैशाख २०८१, मंगलवार

स-शर्त होटललाई ‘क्वारेन्टाइन’ बनाउन व्यवसायी तयार, दैनिक खर्च कती ?

han quarantine

होटललाई क्वारेन्टाइन बनाउन दिन व्यवसायी सहमत भएका छन्। होटल संघकी अध्यक्ष सिर्जना राणाको नेतृत्वको प्रतिनिधि मण्डलले पर्यटन विभागसँग गरेको छलफलपछि विदेशबाट फर्किएका नेपालीलाई होटलमा राख्न दिने सहमति भएको हो।

यसै सम्बन्धमा प्रधानमन्त्री ओली ले सोमबार राष्ट्रको नाममा गर्नुभएको सम्बोधन मा “आवश्यकताअनुसार बन्द अवस्थामा रहेका होटल तथा उपयुक्त सार्वजनिक संरचनाहरुलाई समेत क्वारेन्टिनको रुपमा प्रयोग गर्ने बारेमा समेत योजना बनाइएको छ” भनेर उल्लेख गरिएको छ ।

संघद्वारा जारी विज्ञप्तिमा ‘सरकारले होटलहरुलाई क्वारेन्टाइनको रूपमा उपयोग गर्ने निर्णय गरेमा संघसँग आबद्ध सदस्य होटलहरुले राज्यसँगको समन्वयमा पहल गर्ने भएको छ,’भनिएको छ। संघले क्वारेन्टाइनका रूपमा प्रयोग बारेमा विस्तृत विवरण पर्यटन विभागलाई समेत बुझाएको छ।

स्वाथ्यकर्मी तथा अग्रपङ्तिमा रहेका कोरोना संक्रमणविरुद्ध खटिएका व्यक्तिहरुलाई समेत आवश्यकता अनुसार गर्न सकिने संघले जनाएको छ।

क्वारेन्टाइनका रूपमा होटलहरु उपयोग गरिँदा, बस्ने पाहुनाहरुको चेक-इन अघि नै उपयुक्त स्वास्थ्य चेकजाँच गरी संक्रमण नभएको यकिन हुने प्रमाण हुनुपर्ने र प्रत्येक दिन स्वास्थ्य जाँच हुनुपर्ने सर्त संघले राखेको छ।

दैनिक खर्च :

न्यूनतम ३ हजार रुपैयाँदेखि अधिकतम १६ हजार रुपैयाँसम्ममा कोठा दिन सकिने बताउँछ हान । हान पदाधिकारिका अनुसार पर्यटकीय स्तरका होटेलमा न्यूनतम ३ हजार र पाँचतारे होटेलका लागि १६ हजार लाग्ने अनुमान गरिएको छ र यो मुल्य मा नाफा हेरिएको छैन । उनका अनुसार प्रस्तावित मुल्य सञ्चालन खर्च मात्र धान्ने गरी तोकिएको हो ।

यसका साथै क्वारेन्टाइनका लागि होटल दिने नदिने निर्णय प्रत्येक सदस्य ले लिनसक्ने समेत हानले जनाएको छ । साथै कर्मचारीहरुको उपलब्धता, भौतिक संरचना र उपकरणहरु संचालनलाई ध्यानमा समेत राखिने जनाएको छ ।