१४ बैशाख २०८१, शुक्रबार

बीस दिनदेखि छक्याएको छक्यायै सन्दीप, प्रहरी पनि अन्योलमा

Sandeep Lamichhane

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध एक नाबालिगले बलात्कारको आरोप लगाई किटानी जाहेरी दिएकाे आज २० दिन बितिसक्याे ।

हाेटलकाे सीसीटीभी दृश्य संकलन, पीडितकाे स्वास्थ्य परीक्षण, घटनासँग सम्बन्धित देखेका सुनेका सबैकाे बयान लिइसकेकाे प्रहरीलाई आरोपित लामिछाने कहाँ छन् भन्ने पत्ता लगाउन भने निकै हम्मे परेको छ ।

सुरुमा सन्दीपले क्यारेबिन मुलुक सेन्ट लुसियाबाट नेपाल फर्किन्छु भनेर फेसबुकमा लेखेका थिए । त्यसपछि एकाएक बेपत्ता भएका उनले गएराति फेसबुकमा अर्को पोस्ट गरेर नेपाल आउने तरखरमा रहेको त बताएका छन् तर न कहिले आउने भनेर उल्लेख गरेका छन्, न त आफू रहेको ठाउँ नै खुलाएका छन् ।

नेपाल प्रहरी भने प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलको सहयोगमा नियन्त्रणमा लिने प्रयासमा छ ।

सन्दीपविरुद्ध इन्टरपोलद्वारा डिफ्युजन नोटिस जारी

सन्दीपविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ । नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले सन्दीपविरुद्ध डिफ्युजन नोटिस जारी गरेको हो ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार डिफ्युजन नोटिस जारी गरेपछि इन्टरपोलमा आवद्ध रहेका १३५ देशले आफ्नो देशमा सन्दीप भए नभएको खोजी गर्नेछन् । आफ्नो देशमा रहेको पत्ता लागेमा नेपाल पठाउने प्रक्रिया सुरु गर्ने बताइएको छ ।

सन्दीपमाथि एक किशोरीले बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन् । आफूविरुद्ध उजुरी पर्दा क्यारेबियनल लिग खेल्न नेपालबाहिर रहेका सन्दीप हालसम्म स्वदेश फर्किएका छैनन् । उनी कहाँ छन् भन्नेसमेत पत्ता लाग्न सकेको छैन ।

सन्दीपले सामाजिक सञ्जाल मार्फत् फेरि आफ्नो बचाउ गरेका छन् । दुई हप्ताअघि क्यारेबियन प्रिमियर लिग सिपिएल छोडेर नेपाल फर्किने जानकारी सामाजिक सञ्जालमा गराएर सम्पर्क विहिन भएका उनी कहाँ छन् भन्नेबारे प्रहरी र स्वयम् उनकै परिवारलाई पनि थाहा नभएको बताइन्छ ।

यसबीचमा उनी विदेशमै कानुनी परामर्शमा रहेको आशंका समेत गरियो । तर दुई हप्ता पछि एकाएक आइतबार राति सामाजिक सञ्जाल मार्फत् उनले आफूमाथि लागेको आरोपको खण्डन गरे । आफूविरुद्ध परेको जाहेरी र सो सम्बन्धमा आएका समाचारले मानसिक रुपमा विछिप्त भएको र उपचारमा रहेको उनको दाबी छ ।

सन्दीपले आफ्नो चरित्र हत्या हुने गरी समाचार प्रकाशन प्रसारण भएको भन्दै गुनासो गरेका छन् । छिट्टै नेपाल फर्केर कानुनी लडाई लड्ने दोहोर्याएपनि अहिले कहाँ छन् भन्ने विषयमा भने केहि खुलाईएका छैनन् ।

बलात्कारको आरोपपछि फेसबुकमा स्टाटस लेख्ने र हराउने उनको व्यवहारले उनीमाथिको आरोप पुष्टि भइरहेको टिप्पणी आम रुपमा हुन थालेको छ ।

बलात्कारको आरोप लागेपछि तत्काल आएर आफै प्रहरीकोमा पुग्नुपर्ने व्यक्तित्व भएका सन्दीप यो बीचमा लामै समय हराए । अनि सामाजिक सञ्जालमा स्टाटस लेखेर आफूप्रति सहानुभूति खोजेका छन् ।

उनी आरोपपछि विक्षित बनेका हुन् वा सहानुभूतिका लागि सामाजिक सञ्जाललाई दुरुपयोग गरिरहेका होलान् ?

जस्तो सुकै अपराधका आरोपितलाई कानुनी परामर्श र आफ्नो बचाउ गर्ने अधिकार छ । तर लामो समय सम्पर्क बाहिर रहँदा यसले कानुनी व्यवस्थाकै उपहास भएको छ ।

त्यसैले सन्दीप यो घटनाबाट भागेर हिँड्नु भन्दा कानुनी उपचारका लागि नेपाल फर्किनु आवश्यक छ । सामाजिक सञ्जालमा जसरी उनलाई पिडकको रुपमा चित्रित गरिएको छ यसले पनि उनी नेपाल फर्कन हच्किएको हुन सक्ने कतिपयको बुझाइ छ ।