१५ चैत्र २०८०, बिहीबार

केही पर्यटक बेपत्ता हिमपहिरोका कारण मनास्लु हिमालको आधार शिविरमा, घटनास्थल पुग्न तीन दिन

Manaslu

गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो गएको छ ।

खराब मौसमका कारण मनास्लु हिमालको हिपमहिरोमा फसेकाहरूको उद्धारमा कठिनाइ भएको बुझिएको छ। सोमबार बिहान ११: ३० बजे हिम पहिरो झरेको थियो ।

चुमनुब्री गाउँपालिका १ स्थित मनास्लु हिमालको आधार शिविरमा पहिरो जाँदा केही पर्यटक बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

पर्यटन विभागले पनि हिमपहिरो गएको पुष्टि गरेको छ । मनास्लु हिमाल आरोहण गर्न गएका विदेशी र उनीहरुका सहयोगी नेपालीहरु मनास्लु आधार शिविरमा छन् । ३–४ वटा ट्रेकिङ कम्पनीको टोली आधार शिविर पुगेको छ ।

शेर्पाहरू अक्सिजन पुर्‍याउन जाने समयमा हिमपहिरो खसेको मनास्लु हिमाल आरोहणका लागि बेसक्याम्पमा रहेकी पूणिर्मा श्रेष्ठले जानकारी दिएकी छिन्।

हिमपहिरोमा फसेकाहरूको उद्धारका लागि तीनवटा हेलिकप्टर पठाइएपनि खराव मौसमका कारण सामागाँउमा ल्याण्ड गरिएको बताइएको छ । सामागाँउबाट वेष्ट क्याम्प पुग्न एक दिन लाग्छ भने घटनास्थल पुग्न पैदल तीन दिन लाग्छ ।

manasalu

    सम्बन्धित समाचार...