२२ बैशाख २०८१, शनिबार

शेफिल्ड विश्वविद्यालयबाट मानार्थ उपाधि दोस्रो विश्वयुद्धमा इस्पात जोगाउने १०० वर्षीया वृद्धालाई

fWrulHM9fJ93mvp

युनाइटेड किंगडमकी एक १०० वर्षीया वृद्धाले दोस्रो विश्वयुद्धमा सम्पूर्ण इस्पात उद्योगलाई पतन हुन जोगाएको कडा परिश्रमको कदरस्वरूप शेफिल्ड विश्वविद्यालयबाट मानार्थ उपाधि प्राप्त गरेकी छिन् ।

दोस्रो विश्वयुद्धको समयमा महिला इस्पात कामदारहरूको योगदानलाई पहिचान सात वर्षको राष्ट्रिय अभियान सुरु गरेको शेफिल्ड विश्वविद्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

अहिले १०० वर्षकी क्याथलिन रोबर्ट्सलाई दोस्रो विश्वयुद्धको समयमा पुरुषहरू लड्न बाहिर निस्किएपछि इस्पाद उद्योगमा काम गर्ने आदेश दिइएको थियो । तर, द्वन्द्व समाप्त भएपछि उनी र उनका सयौं महिला सहकर्मीहरूलाई धन्यवाद नदिई बर्खास्त गरिएको थियो ।

उनले बार्कर्स पुल शेफिल्डमा स्मारक मूर्ति खडा गर्न करिब १ लाख ७० हजार युरो उठाएकी थिइन् ।

    सम्बन्धित समाचार...