१२ बैशाख २०८१, बुधबार

मलाई अहिले पनि प्रधानमन्त्रीको अफर आएको छ : अध्यक्ष दाहाल

prachanda 3
फाइल फोटो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफूलाई प्रधानमन्त्रीको अफर आएको बताउनुभएको छ ।

प्रेस सेन्टरद्वारा चितवनमा आयोजित दसैँको शुभकामना कार्यक्रममा अध्यक्ष दाहालले अहिले पनि आफूलाई प्रधानमन्त्रीको अफर आएको दाबी गर्नुभएको हो । तर कहाँबाट त्यस्तो अफर आएको भने उहाँले खुलाउनुभएन ।

उहाँले प्रधानमन्त्रीको रेसमा आफू नरहेको पनि प्रष्ट पार्नुभयो, ‘मैले चाहेको भए ७४ को चुनावपछि ५ वर्ष प्रधानमन्त्री हुने अफर थियो, अहिले पनि छ । म प्रधानमन्त्रीको रेसमा छैन ।

राजनीतिक स्थिरता लोकतन्त्र सुदृढीकरण आर्थिक समृद्धि मेरो प्रतिबद्धता हो । शान्ति प्रक्रियामा गिरिजासँग सम्झौता गर्दै गर्दा मैले जनताको फैसला मान्छु भनेर गरेको हुँ ।’

अबको दशक आर्थिक क्रान्तिको दशक भएको भन्दै अध्यक्ष दाहालले जीवनको उत्तरार्द्धमा आफू त्यसमा लाग्ने बताउनुभयो ।

उहाँले संविधान उल्ट्याउन, गणतन्त्र कमजोर पार्न र नेतालाई बदनाम गर्न केही शक्ति सक्रिय रहेको आरोप लगाउनुभयो ।