१४ बैशाख २०८१, शुक्रबार

सिंगो जिल्ला माओवादी केन्द्रद्वारा सामुहिक राजीनामा

maiost

माओवादी केन्द्र धनकुटाको सिंगो जिल्ला समन्वय समितिले सामुहिक राजीनामा दिएको छ । केन्द्रमा आबद्ध सबै पोलिट ब्यूरो सदस्य, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी, प्रदेश सदस्य, जनवर्गीय कमिटीसहित समन्वय समितिमा रहेकाहरूले ८ असोजमा बैठक बसी पदिय जिम्मेवारीबाट राजीनामा दिएका हुन् । 

आगामी ४ मंसिरमा हुने संघ तथा प्रदेश निर्वाचनमा गठबन्धनका बहानामा पार्टीका कटिबद्ध नेतालाई बहिस्कार गर्न खोजेको भन्दै उनीहरुले राजीनामा दिएका हुन् । धनकुटामा नेपाली कांग्रेसले सुनील थापालाई अघि सारेकाे छ । 

 बैठकले आगामी निर्वाचनमा धनकुटाको विकास र समृद्धिको योजना र योगदान गर्न सक्ने जनाधार भएका हेमराज भण्डारीलाई स्वतन्त्र उम्मेदवारको रुपमा समर्थन गर्ने पनि निर्णय गरेको छ । उनी माओवादी केन्द्रका पोलिट व्यूरो सदस्य पनि थिए ।  

308509447 822981062223869 5807145809305030433 n