७ बैशाख २०८१, शुक्रबार

सबै सरकारी सुविधा खोस्ने तयारी निलम्बित प्रधानन्यायाधीश जबराको

cholendra
फाइल फोटो

सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको सरकारी सुविधा खोस्ने तयारी गरेको छ।

निलम्बनकै अवस्थामा सर्वोच्च अदालत फर्कन खोजेको भन्दै सरकारले जबरालाई सरकारी निवासबाट समेत हटाउने तयारी थालेको छ।

जवराले कानुन विपरित अराजकता मच्चाउन खोजेको सरकारको आरोप छ। उहाँको सुरक्षामा खटिएका प्रहरीलाई आइतबार नै फिर्ता बोलाइसकिएको छ।

उहाँलाई आफैँ हट्न आग्रह गरेको र अग्रहको पालना नगरेको अवस्थामा बल प्रयोग गरेर हटाइने गृहका एक अधिकारीले भने। गृह मन्त्रालयको निर्देशनअनुसार प्रहरीले जबराको व्यक्तिगत सुरक्षामा खटिएका पिएसओ, निवास सुरक्षा तथा स्कर्टिङमा खटिएका सुरक्षाकर्मीलाई आइतबार दिउँसो फिर्ता बोलाइएको हो। उहाँले प्रयोग गर्ने गाडी पनि खोसिएको छ।

गत १ फागुनमा महाभियोग दर्ता भएदेखि जबरा निलम्बनमा रहनुभएको छ । तर, उहाँले सरकारीनिवासमा बसेर सेवा–सुविधा भने प्रयोग गर्दै आउनुभएको छ ।