८ बैशाख २०८१, शनिबार

मनमोहन कार्डियो सेन्टरमा मकवानपुरकी कोरोना संक्रमित महिला

manmohan cardio

मकवानपुरकी ५४ वर्षकी कोरोनाभाइरस संक्रमित महिला त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक एन्ड भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा रहेकी खुलेको छ ।

मुटुको समस्याका कारण भर्ना भएकी उनको पिसिआर जाँच गर्दा कोरोना पोजेटिभ देखिएको हो । उनलाई गत आइतबार अस्पताल भर्ना गरिएको थियो।

सुरूमा उनको र्‍यापिड टेस्ट गर्दा नेगेटिभ देखिएकोमा पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो। उनलाई गंगालाल अस्पतालबाट मनमोहन भास्कुलर सेन्टरमा ‘रिफर’ गरिएको हो।