१५ चैत्र २०८०, बिहीबार

कराँचीको घरमाथि खस्यो यात्रुवाहक विमान (फोटो फिचर)

pia crash 10 VQ55YvnO0j

पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) को एयर बस ए३२० विमान शुक्रबार कराँचीको मोडल कोलनी आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त बनेको छ । लाहोरबाट उडान भरेको विमान जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनाग्रस्त बनेको हो ।

कल साइन पीके८३०३ भएको विमानमा ९१ जना यात्रु र ८ जना चालक दलका सदस्य रहेको बीबीसीले जनाएको छ ।

डन डटकमले सिन्ध स्वास्थ्य विभागलाई उद्धृत गर्दै हालसम्म ९२ जनाको मृत्यु भएको पुष्टि भएको छ । यद्यपि, मृतक सबै विमानमा सवार थिए वा आवासीय क्षेत्रका थिए भन्ने खुल्न सकेको छैन । दुर्घटनामा तीन जना सकुशल रहेको अधिकारीहरुले जानकारी दिएका छन् । सिन्धका स्वास्थ्यमन्त्रीका मिडिया कोओर्डिनेटरका अनुसार सकुशल रहेकामा जुबेर, ताहिरा र जाफर मसुद रहेका छन् । जाफर बैंक अफ पन्जाबका अध्यक्ष पनि हुन् ।

प्रत्यक्षदर्शीका अनुसार विमान दुई या तीन पटक अवतरणको असफल प्रयास गरेपछि दुर्घटनाग्रस्त बनेको थियो । ‘विमान पहिले मोबाइल टावरमा ठोकियो र त्यसपछि घरहरूमाथि खस्यो,’ प्रत्यक्षदर्शी शकिल अहमदले भने ।

विमान अवतरण गर्नुभन्दा केही अघि मात्र दुर्घटनाग्रस्त बनेको थियो । लाइभएटीसी डट नेटमा उपलब्ध विमान चालक र एयर ट्राफिक कन्ट्रोलरबीच भएको अन्तिम संवादमा पाइलटले आफू ल्याण्ड गर्न असफल भएको र दोस्रो प्रयास गर्न गइरहेको बताएको सुन्न सकिन्छ । उनले विमानको इन्जिनमा समस्या रहेको पनि जानकारी गराएको सुन्न सकिने एपीले जनाएको छ । अन्त्यमा ‘मेडे मेडे मेडे’ भन्दै ट्रान्समिसन अन्त्य हुन्छ ।

कोरोनाभाइरसको महामारीका कारण बन्द रहेको हवाई सेवालाई सुचारु गरिएको केही दिनमा नै यो दुर्घटना भएको हो ।

यसअघि, सन् २०१६ मा पीआईए कै विमान उत्तरी पाकिस्तानबाट इस्लामावादसम्मको उडान भर्ने क्रममा आगलागी भएर ४७ जनाले ज्यान गुमाएका थिए । त्यस्तै सन् २०१२ मा भोजा एयरको बोइङ विमान रावलपिन्डीमा दुर्घटनाग्रस्त हुँदा १२१ यात्रु र ६ चालक दलका सदस्यले ज्यान गुमाएका थिए । सन् २०१० मा एयरब्लु एयरलाइन्सको विमान इस्लामावादमा दुर्घटना हुँदा १ सय ५२ जनाको मृत्यु भएको थियो । एजेन्सी

pia crash 3 yPXdUDQJPm
060ea86ace19477e9fccb3e8565363a5 18
pia crash 2 b0cIvRXgmH
pia crash 4 OvI6j3ZUzK
pia crash 5 IvVeDCdpgD
pia crash 6 NsjDrl1MPc
pia crash 7 Nhfc8gyonL
pia crash 8 1Gb0iurv84
pia crash 9 s9rhRhP3PY
pia crash 11 UFgJF4twP4
pia crash 12 UpCEzhPBMC