
फाइल फोटो
निलम्वित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराबिरूद्धको महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दैछ।
बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा समितिले जबरासँग बाँकी प्रश्नहरुको बयान लिनेछ। जबराले अब बाँकी ८ वटा प्रश्नको जवाफ दिनुपर्नेछ।
आइतबार चौथो दिन उहाँले महाभियोग सिफारिस समितिको बैठकमा बयान दिनुभएको थियो । बयान नसकिएकाले मंगलबार थप बयान हुने तय भएको हो। आजै बयान सकिने समितिका एक सदस्यले बताउनुभयो ।
बयानका क्रममा निलम्बित प्रधानन्यायाधीश जबराले न्यायपालिकालाई आँच आउने गरी आफूले कुनै पनि काम नगरेको र आफूलाई महाअभियोग लगाउनुपर्ने कुनै पनि कारण नभएको जिकिर गर्नुभएको छ ।