७ बैशाख २०८१, शुक्रबार

शिलन्यास र उद्घाटनको होड लुम्बिनी प्रदेशमा

Capture1

चुनाव नजिकिदै गर्दा संघीय र लुम्बिनी प्रदेश सरकारका मन्त्रीहरुमा मतदाता प्रभावित तुल्याउन गरि भौतिक पूर्वाधारको सिलन्यास र उद्घाटन गर्ने निहुमा जिल्ला दौडाहामा निस्कने होडवाजी नै चलेको छ । बजेटको सुनिश्चितता विना नै सिलन्यास र उद्घाटन गरिएको भन्दै जनप्रतिनिधिले बिरोध गरेका छन् ।

लुम्बिनी प्रदेश सरकारका शहरी विकासमन्त्री मेटमणी चौधरी २३ गते बाँकेको जानकी गाउँपालिका पुगेर सिकलसेल रोगको अनुसन्धान तथा उपचार केन्द्रको सिलन्यास गरे । त्यसको लागि बजेटको कुनै सुनिश्चितता छैन ।

संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायत मन्त्री मोहम्मद इस्तियाक राईले भदौ २० गते टेपरी र चौफेरी, नौरीगौडी र कैरातीपुर्वा, राजारामपुर्वा र हल्कारापुर्वा साथै अमराहवादेखि लडिहाघाट जोड्ने ४ वटा पक्की पुलको एकै दिन शिलान्यास गरे । सिलन्यास गरिएका पुल कहिले निर्माण हुन्छन ? त्यसको कुनै टुङगो छैन ।

बाँकेको राप्ती नदी तटीय ग्रामिण क्षेत्रका मतदातालाई प्रभावित तुल्याउने धमाधम पुलको शिलान्यास गर्दै हिडेको भन्दै स्थानीय र जनप्रतिनिधिले बिरोध गरेका छन् ।

मन्त्री राइले भदौ ४ गते सनातिना नालासँगै राप्ती नदीमा समेत ७ सय मिटर लामो नयाँ पुलको शिलन्यास गरे । त्यसै दिन उनले नेपालगन्जमा ५ वटा आकाशे पुलको समेत सिलन्यास गरे ।

यस्तै, भदौ १२ गते भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले पनि बाँकेको कोहलपुरमा भौतिक पूर्वाधार, कर्मचारी र बजेट बिनानै उद्घाटन गरेको यो मालपोत र नापी कार्यालय अझै सन्चालन भएको छैन ।