७ बैशाख २०८१, शुक्रबार

झापामा प्रभावशाली नेताबीचको रोचक प्रतिस्पर्धा

jhapa

ठूला दलका प्रभावशाली नेता रहेको झापामा आगामी निर्वाचन पनि निकै प्रतिस्पर्धी हुने देखिादै छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, कांग्रेस नेता कृष्णप्रसाद सिटौला र नेकपा माओवादी केन्द्रका नेता राम कार्कीको गृहजिल्ला झापाबाट यस पटक पनि आ-आफ्नो दलबाट उम्मेदवार सिफारिस भएका छन् ।

उनीहरुमध्ये कतिपयको एउटै निर्वाचन क्षेत्र हो । त्यसैले पनि झापाको चुनावलाई प्रतिस्पर्धी र कठीन मानिएको छ । २०७४ सालको चुनावमा क्षेत्र नम्बर १ बाट माओवादी केन्द्रका राम कार्की विजयी हुादा कांग्रेसका विश्वप्रकाश शर्मा बाहिरिनु परेको थियो । अहिले पनि दुवै जना यही क्षेत्रबाट सिफारिस भएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको क्षेत्र नं. ५ पनि चर्चामा छ । ओली २०६४ सालको निर्वाचनबाहेक २०४८ सालदेखि हरेक निर्वाचनमा यही निर्वाचन क्षेत्रबाट विजयी हुँदै आएका छन् ।

तर यस पटक पाँचदलीय गठबन्धन एकातिर हुँदा उनलाई सहज देखिादैन । त्यसो त राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन क्षेत्र नं. ३ बाट सिफारिस भएका छन् ।

अघिल्लो निर्वाचनमा कांग्रेसका कृष्णप्रसाद सिटौलालाई पराजित गरेका उनले यस पटक पनि सिटौलासँगै प्रतिस्पर्धा गर्नुपर्ने देखिदैछ । किनकी सिटौला पनि यही क्षेत्रबाट सिफारिसमा छन् ।

कांग्रेस नेता सिटौला २०५६ र २०७० सालको निर्वाचनमा यही निर्वाचन क्षेत्रबाट विजयी भएका थिए । अघिल्लो निर्वाचनमा पाँचमध्ये तीन सिटमा जित हात पारेको एमाले राप्रपासाग गठबन्धन गरेर सिट संख्या बढाउने लक्ष्यमा छ भने कांग्रेस अघिल्लो निर्वाचनको हारको बदला लिने दाउमा छ ।

माओवादी केन्द्र र राप्रपा पनि आफ्नो साख जोगाउने कसरत रहँदा झापाको चुनावी गतिविधि निकै रोचक बन्दै गएको छ ।