१५ आश्विन २०७९, शनिबार

स्वास्थ्य मन्त्रालयले भन्यो- देशका ७५ जिल्लामा डेगूँ संक्रमण

press meet 05 21

देशका ७५ जिल्लामा डेगूँ संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको आजको नियमित प्रेस विफ्रिङमा प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले कोरोना सङ्क्रमणका साथै हाल देशका अधिकांश जिल्लामा डेगूँ संक्रमण देखिनुका साथै काठमाडौँ उपत्यका लगायत केही जिल्लामा डेगूँ संक्रमण प्रकोपको रुपमा बढ्दै गएको बताउनुभयो ।

एडीस प्रजातिका लामखुट्टेको टोकाईबाट सर्ने डेगूँ दिनको घाम उदाएको २ घण्टा पछि र घाम अस्ताउनु २ घण्टा अघिको समयसम्म सक्रिय रहने भएकोले लामखुट्टेको टोकाईबाट बच्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयका अनुसार हालसम्म ६ हजार २ सय ७ जनालाई डेगूँ संक्रमण भइसकेको छ ।

देशभर आज २ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कुल ३ हजार ८ सय ३६ नमूनाको पिसिआर तथा एन्टीजेन परिक्षण गर्दा २ सय ३० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या जनाएको छ ।

आज संक्रमित ७८ जना निको भएका छन् भने २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।