८ बैशाख २०८१, शनिबार

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरुद्ध नाबालिग बलात्कारको जाहेरी

Sandeep Lamichhane

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरुद्ध बलात्कारको जाहेरी परेको छ ।

उनीविरुद्ध १५ वर्षीया नाबालिगलाई बलात्कार गरेको उजुरी परेको उपत्यका प्रहरी कार्यालयका एआईजी​ रविन्द्र बहादुर धानुकले जानकारी दिनुभयो ।

‘सन्दिप लामिछानेविरूद्ध जबरजस्ती करणीको उजुरी आएको छ। नाबालिगको उजुरी हो, यसबारे थप विवरण म बुधबार भन्छु,’ उनले भने, ‘मंगलबार साँझ नै पीडितको स्वास्थ्य परीक्षण पनि भइसकेको छ।’

हामीले यसबारे काठमाडौं प्रहरी परिसर, काठमाडौं उपत्यका प्रहरी र प्रहरी हेडक्वार्टरका विभिन्न अधिकारीसँग जानकारी लिएका थियौं। सबैले लामिछानेविरूद्ध उजुरी आएको पुष्टि गरे ।

उनीविरुद्ध मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी परेको र सो जाहेरी दर्ता गरेर अनुसन्धान गर्न आफुले निर्देशन दिएको एआईजी धानुकले बताउनुभयो। यतिबेला सन्दीप क्रिकेट खेल्ने सिलसिलामा विदेशमा रहेका छन् ।

सामाजिक सञ्जालमार्फत सन्दीपको पीडित किशोरीसँग सम्पर्क भएको र भेटघाटपछि प्रलोभनमा पारेर बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको छ ।

लामिछानेले काठमाडौंकी १७ वर्षीया नाबालिगलाई भदौ १ गते भक्तपुरको नगरकोट लगेको जाहेरीमा उल्लेख छ।

त्यसपछि भदौ ५ गते लामिछाने पीडित युवतीसँग काठमाडौंकै एक होटलमा बसेको र त्यहीँ उनको बलात्कार गरेको ती अधिकारीले बताए। स्वास्थ्य जाँचपछि पीडितलाई प्रहरीको संरक्षणमा राखिएको उनले जानकारी दिए।

लामिछाने भदौ ६ गते टी-२० सिरिज खेल्न केन्या गएका थिए। केन्यामा पाँच खेलको टी-२० सिरिज खेलेपछि उनी वेस्ट इन्डिजको क्यारेबियन प्रिमियर लिग खेल्न गएका थिए। उनको अनुपस्थितिमा रोहितकुमार पौडेलले नेपालको कप्तानी गरेका थिए।