७ बैशाख २०८१, शुक्रबार

सहमतिको खाका तयार गर्ने सिट बाँडफाँट कार्यदलको तयारी

gath

सत्ता गठबन्धनको सिट बाँडफाँटका लागि गठित कार्यदलले शीर्ष नेतृत्वलाई बुझाउने सहमतिको खाका आज तयार गर्दैछ ।

१६५ निर्वाचन क्षेत्रमध्ये कुन दललाई कति सिट र कुन निर्वाचन क्षेत्र भन्नेबारेमा भएको सहमतिलाई लिपिवद्ध गरेर आजै सार्वजनिक गर्ने तयारी भएको छ ।

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले ८६ सिटमा र बाँकी सिट अन्य दलहरुले पाउने गरी सहमति जुटेको जनाइए पनि आधिकारिक विवरण सार्वजनिक गरिएको छैन ।

साँझ ५ बजे बस्ने कार्यदल बैठकले प्रतिवदेन तयार गरि शीर्ष नेतृत्वलाई बुझाउने र सहमति सार्वजनिक गरिने नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।