१४ बैशाख २०८१, शुक्रबार

घरेलु मैदानमा पानी र गोलको एकसाथ वर्षा

Pro KTM WomenFootballa

नेपालले छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा विजयी सुरुवात गरेको छ। मंगलबार घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको उद्घाटन खेलमा नेपालले भुटानलाई ४-० गोल अन्तरले हराउँदै विजयी सुरुवात गरेको हो।

नेपालको जितमा सावित्रा भण्डारी र अनिता बस्नेतले दुई दुई गोल गर्नुभयो। खेलको १२ औं मिनेटमा नेपालका लागि सावित्राले पहिलो गोल गर्नुभएको थियो। पहिलो हाफ १–० गोल अन्तरमा सकिएको खेलको दोस्रो हाफमा नेपालले थप तीन गोल गरेको हो।

खेलको ६७ मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्नुभयो। खेलको ७२ र ८४ मिनेटमा गोल गर्दै अनिताले भुटानविरुद्धको गोल अन्तर ४ शून्य गोल अन्तर बनाउनुभयो। नेपाली टिममा मंगलबारको खेलबाट दीपा शाही, अमिषा कार्की र समीक्षा घिमिरेले डेब्यू गर्नुभएको छ। यो जितसँगै समूह बीमा रहेको नेपालले तीन अंक जोडेको छ।

नेपालले समूह चरणको अर्को खेल भदौ २८ गते श्रीलंकासँग खेल्दैछ। उद्घाटन खेलको पहिलो हाफ वर्षाले प्रभावित भएको थियो।

प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्स सहभागी छन्।