१५ चैत्र २०८०, बिहीबार

न्यूनतम् आधारभूत सुविधा नै नहुँदा बसाइँसराइ बढ्यो

puthan

२०२६ सालतिर गायक जेबी टुहुरेले गाएको यो गीत अहिले पहाडी जिल्लाका गाउँसँग मेल खान्छ । आधारभूत सुविधा नहुादा पहाडी जिल्लाका गाउँबाट बसाई सर्नेहरुको लहर नै चलेको छ ।

प्यूठानको खलंगाबाट २० मिनेटको दुरीमा रहेको चौरपानी गाउँमा कुनै समय ३ सय ५० भन्दा बढी घरधुरी थिए । २ हजार बढी जनसंख्या रहेको यो गाउँ अहिले रित्तिने अवस्थामा पुगेको छ । गाउँका पाखाबारी बाँझै भएका छन् । यो गाउँबाट बर्सेनी ८ देखि १० परिवार शहर पस्ने गरेको छ ।

शिक्षा, स्वास्थ्य र अवसरको खोजी गर्दै शहर र्झनेको लहरकै कारण अहिले पहाडी जिल्लाका गाउँमा युवा भेट्नै मुस्किल छ । वैदेशिक रोजगारी पनि बसाईसराइको मुख्य कारण हो । गाउँमा खानेपानी, शिक्षा र स्वास्थ्य उपचारकै समस्याले थातथलो छाड्ने बढेका हुन् ।

पछिल्लो पााच वर्षमा प्यूठानमा १४ अर्बभन्दा बढी विकास खर्च भएको छ । तर पनि शिक्षा, स्वास्थ्य, पूर्वाधार र रोजगारीको वातावरण बनेको छैन ।

खानेपानीका लागि घण्टौं लाइन बस्नुपर्ने बाध्यता छ । दुर्गममा विजुली पुगेको छैन । तर पनि राजनीतिक दलका नेताहरु समस्या समाधानमा गम्भीर छैनन् ।

ग्रामीण क्षेत्रका नागरिकलाई अहिले पनि छाक टार्नै समस्या छ । गाउामा पनि विकासका पूर्वाधार निर्माण गरी रोजगारका अवसर सिर्जना गर्न सके बसाइँ सराई कम गर्न सकिन्छ ।