१४ बैशाख २०८१, शुक्रबार

देशभर संक्रमित संख्या ४८७, सर्लाहीमा एकैदिन १५ संक्रमित

coronavirus

देशभर संक्रमितको संख्या ४८७ पुगेको मन्त्रालयले जनाएको छ।

शुक्रबार बिहान नवलपरासी, चितवन (भरतपुर), कपिलवस्तु, सर्लाहीमा गरी थप ३० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा ती ३० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। नयाँ संक्रमितहरु नवलपरासी (वर्दघाट सुस्ता पूर्व) विनय त्रिवेणी गाउँपालिका–६ का ४५ वर्षीय पुरुष, भरत महानगरपालिका–६ केसरवाघ, चितवनका ७४ वर्षीय पुरुष र ७३ वर्षीय महिला छन्।

त्यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा सर्लाहीको गोडैता नगरपालिका ८, ९, ११, १३ र १४ र रामनगर बहुअर्वा गाउँपालिका–७ का १५ जनामा पनि कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कपिलवस्तुका दुई पत्रकारमा कोरोना संक्रमण

कपिलवस्तुमा शुक्रबार संक्रमण पुष्टि भएका नौ जनामध्ये दुई जना पत्रकार रहेको खुलेको छ ।

दुईजनामध्ये एकजना कपिलवस्तु नगरपालिका वडा नं. ३ तौलिहवाका २९ वर्षका र अर्का वाणगंगा नगरपालिका वडा नं. ८ का २४ वर्षका पुरुष हुन्।

एकजना पत्रकार महासंघ कपिलवस्तुका कार्यसमिति सदस्य समेत हुन् । उनले स्थानीयस्तरबाट एक अनलाइन सञ्चारमाध्यम सञ्चालन गर्दै आएका थिए । एकजना वाणगंगा नगरपालिका चार नम्बरस्थित बुद्ध आवाज टेलिभिजनका सञ्चारकर्मी हुन् ।

दुवै पत्रकारको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मी उनीहरूको सम्पर्कमा पुगिसकेका पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिला भुसालले बताए । योसँगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ६९ जना पुगेको छ ।

jestha 9