८ बैशाख २०८१, शनिबार

कोरोनाबाट निधन भएका तेस्रो व्यक्तीको निधन विवादित, अन्त्येष्टि भएन

crimson hospital 1

नेपालमा कोरोना भाइरसका कारण तेस्रो गुल्मीका ४१ वर्षीय पुरुषको बिहीबार विहान अस्पतालमा निधन भएपनि आफन्न्त र अस्पताल विवाद को कारण अन्त्येष्टि हुन सकेको छैन ।

मृतक को उपचारमा मणिग्रामस्थित क्रिमसन अस्पतालले लापरबाही गरेको र क्षतिपूर्तिको माग गर्दै शव नउठाउने बताएका हुन्।

मृतकका सालाभाईका अनुसार ‘पीपीई नभएको भन्दै उपचारमा कोही पनि गएनन्, हामी नजिकैको कोठामा क्वारेन्टाइनमा बसेका थियौं, भिनाजुलाई राखेको कोठामा डाक्टरहरू गएको देखेनौं,’ ।

जेठ १ गते उपचारका लागि क्रिमसन अस्पतालमा आएका उनको दुई गते स्वाब संकलन गरिएको थियो। जेठ ५ गतेमात्रै उनमा कोरोना पोजेटिभ देखिएको हो। शुरुमा आईसीयूमा उपचाररत उनी कोरोना पुष्टि हुँदा भेन्टिलेटरमा थिए ।

उनी गुल्मी मदाने–६ पुर्कोटदहको निमाविका प्रधानाध्यापक हुन् । उनको विद्यालय क्वारेन्टिन भएकाले त्यहीँबाट उनलाई संक्रमण सरेको आशंका गरिएको छ। क्रिमसन अस्पतालमा भर्ना हुनुभन्दा एक हप्ता पहिल्यैदेखि उनमा ज्वरो देखिएको थियो ।

उनका भाइले अस्पताल आएर आफैं खाजा खाएका व्यक्ति भेन्टिलेटरमै नजाने दाबी गरेका छन्। ‘बुटवल आएपछि पनि उहाँले आफैंले पाउरोटी र पानी खानुभएको थियो,’ उनले भने।

मृतकको ढाडबाट पानी निकालिएको थियो। त्यसपछि मात्रै उनको स्वास्थ्य गम्भीर भएको भाइले दाबि गरे। आफन्न्तले अस्पतालले बिरामीको ढाडबाट पानी निकालेर के परीक्षण गरिएको हो समेत जानकारी नदिएको आरोप लगाएका छन्।

आफन्तले कोरोना पोजेटिभ रिपोर्टमासमेत शंका व्यक्त गरेका छन्। गाउँमै बसेका उनमा कोरोना लाग्ने सम्भावना नै नरहेको उनीहरूको दाबी छ।