१ जेष्ठ २०८१, मंगलवार

वैदेशिक रोजगारीको सिलसिलामा खाडी राष्ट्र युएईमा १७४ जना नेपालीको निधन

uae dubai

वैदेशिक रोजगारीको सिलसिलामा खाडी राष्ट्र युनाइटेड अरब इमिरेट्स (युएई) पुगेका नेपाली कामदारमध्ये एक वर्षमा १७४ जनाको निधन भएको छ । 

युएईस्थित नेपाली दूतावासका अनुसार गत आर्थिक वर्ष २०७८र७९ मा उनीहरुको त्यहाँ निधन भएको हो । 

मृत्यु भएकामध्ये १६७ जना शव नेपाल पठाइएको र ७ जनाको अन्तिम संस्कार युएईमा नै गरिएको दूतावासले जनाएको छ । 

सोही वर्ष वैदेशिक रोेजगारीका क्रममा युएईमा मृत्यु र घाइते भएकाहरुले ३२ लाख ७५ हजार ७६३ युएई दिराम (करिव ११ करोड ४० लाख ९७ हजार १७७ रुपैयाँ) क्षतिपूर्ति वापत प्राप्त गरेको जानकारी दूतावासले दिएको छ । 

दूतावासका अनुसार क्षतिपूर्ति वापात प्राप्त रकम सम्बन्धीत पीडितको परिवारलाई उपलब्ध गरिएको छ । 

युएईमा तीन लाखभन्दा बढी नेपाली कामदार रहेको अनुमान छ । 

    सम्बन्धित समाचार...