१४ बैशाख २०८१, शुक्रबार

चार घर विस्थापित लमजुङको दोर्दीमा पहिरोले, ६ घर उच्च जोखिममा

7

लमजुङको दोर्दी गाउँपालिका- ६ ढोडेनीमा पहिरोले चार घर विस्थापित भएको छ । बस्तीमाथिबाट आएको पहिरोले ढोडेनीका लक्ष्मण तामाङ, निरबहादुर तामाङ, विक्रम तामाङ र राममाया तामाङको घर विस्थापित भएको स्थानीय लालबहादुर गुरुङले बताए । 

उनका अनुसार पहिरोले गाउँका ६ घरसमेत उच्च जाेखिममा परेको छ । पहिरोले भौतिक संरचनामा क्षति भए पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।