७ बैशाख २०८१, शुक्रबार

महाअभियोग सिफारिस समितिले आज पनि निलम्बित प्रधानन्यायाधीश जबरासँग बयान लिदै

301382161 767457137815712 1804767916766181863 n

महाअभियोग सिफारिस समितिले आज पनि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग बयान लिदैछ ।

समितिको बैठक सिंहदरबारस्थित संसदीय समितिको सभाकक्षमा बिहान ११ बजेका लागि बोलाइएको छ । हिजोदेखि शुरू भएको बयानमा जबराले आफूविरुद्धको महाभियोग प्रस्ताव निष्क्रिय भइसकेको दाबी गर्नुभएको छ ।

जबराले संविधान र प्रतिनिधिसभा नियमावलीअनुसार अभियोग निष्क्रिय भइसकेको दावी गर्नुभएको हो । महाभियोगमा संविधान र प्रतिनिधिसभा नियमावली किन पालना गरिएन भन्ने प्रश्न उठाएका जबराले आफू संसदको सम्मानका लागि मात्र बयान दिन आएको बताउनु भयो ।

संविधान र नियमावली कसरी पालना भएन भन्ने चाहिँ उहाँले प्रष्ट पार्नुभएन । आफू पछाडिको व्यक्तिलाई प्रधानन्यायाधीश बनाउने उद्देश्यमा महाअभियोग ल्याइएको दाबी गर्दै राणाले बयानमा प्रधानन्यायाधीशलाई कमजोर बनाएर न्यायपालिका कहिल्यै बलियो नहुने धारणा पनि राख्नुभएको छ ।

कार्कीलाई प्रधानन्यायाधीश बनाउनुपर्ने प्रस्ताव आउँदा ‘न्यायपालिका यसरी चल्दैन’ भनेर आफूले अस्वीकार गरेको राणाको दाबी छ । फागुन १ गते सत्तारुढ दलआवद्ध ९८ सांसदले राणाविरुद्ध महाभियोग दर्ता गराएका थिए ।

त्यसको ६ महिनापछि संसदले बनाएको ११ सदस्यीय महाभियोग सिफासिर समितिले राणासँग बयान लिन थालेको हो ।