६ बैशाख २०८१, बिहीबार

खतरा हुने देखियो भन्दै रिर्पोटिङ: मन्त्री फेर्दा ‘श्रीमतीलाई राेजेकाे मन्त्रालय’ कर्णालीमा !

ramdip

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामदिप आचार्यले १६ अगष्टमा सामाजिक सञ्जालमा अब कठोर निर्णयको मोडमा भन्दै स्टाटस लेखे । उनको त्यो निर्णय के रहेछ भन्दै अधिकांश शुभचिन्तकले उनीमाथि टिप्पणी गरे । त्यसको ठिक पछिल्लो दिन बिहान अर्थात १७ अगष्टमा फेरि आचार्यले कठोर निर्णयबारे थप तीन बुँद्धे स्पष्टीकरण दिँदै लेखे–

१ , रगत, पसिना र आँशुबाट निर्मित पार्टी परिवर्तन कल्पनाभन्दा बाहिरको हावादारी कुरा हो ।

२, समानतावादी आन्दोलन र वैज्ञानिक विचार(पद्धतिको अगाडि कुनै पनि रुपको पद प्राप्ति मेरो लागि तुच्छ सवाल हो ।

३, पार्टी जमेको पोखरी वा शान्त तलाउ होइन बेगवान नदी हुनुपर्छ । त्यसका लागि म बोल्छु किनकि म मान्छे हो , म बोल्छु किनकि म जिवित मान्छे हो , म बोल्छु किनकि म स्वतन्त्र मान्छे हो ।

आचार्यले कठोर निर्णयको मोडमा लेख्दै गर्दा नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशको बैठक बस्दै थियो । त्यो निर्णय के रहेछ भन्दै माओवादी वृत्तमा खैलाबैलासमेत भयो ।

सोही समयमा माओवादी प्रदेश इन्चार्ज कालीबहादुर मल्ललाई प्रदेशसभाका सदस्य तथा कर्णाली प्रदेश माओवादी अध्यक्ष विमला केसीले अब कृष्णा शाहलाई मन्त्री नबनाउने हो भने खतरा हुने देखियो भन्दै रिर्पोटिङ गरिन् ।

इन्चार्ज मल्लले तपाइँ कुनै निर्णय लिनुपर्दैन कृष्णा कमरेडलाई मन्त्री बनाइन्छ भन्दै आचार्यलाई जवाफ फर्काए । त्यो सन्देश पाएलगत्तै आचार्यले फेरि १७ अगष्टमा तीन बुँद्धे स्पटीकरण भन्दै अर्को स्टाटस लेखे । त्यो स्पस्टीकरणमा ‘म माओवादी पार्टीभित्र प्रतिवद्ध छु’ भन्ने उल्लेख छ ।

कर्णाली प्रदेशका पार्टीको हरेक बैठकमा समेत आचार्य र शाहले अब सरकारको विषयमा के हुन्छ भन्दै पटक पटक एजेण्डा बनाउने क्रम जारी रहेको माओवादी वृतमा चर्चा छ ।

आचार्यलाई मन्त्री बनाएपछि एक मात्र मन्त्री बन्न बाँकी रातो कामीलाई किन छुटाउने भन्दै माओवादीभित्र छलफल सुरु भयो । छलफलले दुवैलाई मन्त्री बनाउने भन्दै निर्णय गर्‍याे । निर्णय त गर्‍याे फेरि मन्त्रालय बाँडफाँडमा झमेला सुरु भयो ।

जाजरकोटकै गणेशप्रसाद सिंहले लिएको मन्त्रालयमा जाजरकोटकै कृष्णा शाहलाई बनाउँदा त्यसको सन्देश राम्रो नजाने भन्दै रामदिप आचार्यले आर्थिक मामिला मन्त्रालय आफ्नो श्रीमतीलाई मन्त्री बनाउनुपर्ने तर्क गरे । त्यो तर्कमा उनी खरो रुपमा उत्रिएपछि आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारीमा कृष्णा शाह र जलस्रोत तथा उर्जा विकास मन्त्रालयमा रामो कामीलाई नियुक्त गरियो । यो मन्त्री फेर्ने कुरामा मुख्यमन्त्री जीवनबहादुर शाहीलाई चित्त बुझेको छैन ।

उनी भन्छन्, ‘काम गर्ने इच्छा , शक्ति भएकालाई फिर्ता बोलाउने कसरी हुन्छ ? यहाँ राम्रो भन्दै राजीनामा दिन आएका मन्त्रीलाई प्रश्न गरेका थिए । ‘तपाइँहरू हुँदा मन्त्रिपरिषद् जस्तो देखिएको थियो अब फेरि बर्बाद भयो,’ मुख्यमन्त्री शाहीले भने ।