१४ बैशाख २०८१, शुक्रबार

पारिवारिक विवाद हुँदा बुहारीको कुटाइबाट ससुराको निधन

death body 696x392 1

हेलम्बु गाउँपालिका-१ मा बुहारीको कुटाइबाट ससुराको ज्यान गएको छ । पारिवारिक विवाद हुँदा बुहारीको कुटाइबाट गम्भीर घाइते भएका ससुराको उपचारको क्रममा निधन भएको हो । 

ज्यान गुमाउनेमा हेलम्बुको माथिल्लो भेग गाउँपालिका-१ गोवागाङ गाउँका ८० वर्षीय कामीढिण्डु लामा रहेका छन् ।

बुहारी २३ वर्षीया रिता तामाङले आइतबार विवादका क्रममा काठको चिर्पटले प्रहार गर्दा लामा घाइते भएका थिए । टाउकोसहित शरीरभर चोट लागेपछि उनलाई तत्काल उपचारका लागि स्थानीय खार्चुङ सामुदायिक स्वास्थ्य चौकीमा लगिएको थियो ।

प्रहरीले आज उपचारका क्रममा ज्यान गएको र  बुहारीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।