१४ बैशाख २०८१, शुक्रबार

सुर्खेत मेडिकल कलेज निर्माण योजना चारबर्षदेखि अलपत्र

surkhet scaled 1

कर्णाली प्रदेशमा बनाउने भनिएको मेडिकल कलेजले चार बर्षसम्म पनि गति लिन सकेको छैन । कर्णाली सरकारले २०७५ फागुन ३ गते मेडिकल कलेज स्थापनाका लागि पूर्वाधार निर्माण विकास आयोजना स्वीकृत गरेको थियो । कार्यालय स्थापना बाहेक अरु काम केही भएको छैन ।

२०७३ सालमा संघीय सरकारले ‘एक प्रदेश, एक सरकारी मेडिकल कलेज’ को अवधारणा अघि सारेपछि कणर्ालीमा पनि मेडिकल कलेज बन्ने आशा पलाएको हो । तर सुर्खेत मेडिकल कलेज पूर्वाधार निर्माणको काम अहिलेसम्म सुरु हुन सकेको छैन ।

२०७५ सालमा आयोजना स्वीकृत भएपछि पहिलो र दोस्रो आर्थिक वर्षमा संघीय सरकारले छुट्याएको १०/१० करोड, तेस्रो आर्थिक वर्षको तीन करोड बजेट फिर्ता गएको थियो ।

चालु आर्थिक वर्षकालागि दुइ करोड रुपैयाा विनियोजन गरिएको छ । तर चार वर्षको अवधिमा मेडिकल कलेजको पुर्वाधारकालागि जग्गा छनोट र अध्ययन प्रक्रियामै छ ।

राजनीतिक दल र सरोकारवालाले चासो नदिएकाले मेडिकल कलेज निमार्णले गति लिन नसकेको हो । तत्कालागि अवस्थामा साविकको वीरेन्द्रनगर-१२ मा मेडिकल कलेजको शिक्षण र हालको प्रदेश अस्पतालमा प्रयोगात्मक कक्षा संचालनर्को योजना बनाइएको थियो । तर अहिलेसम्म निमार्णकै काम हुन सकेको छैन ।

कर्णाली प्रदेशमा बिरामी चापका आधारमा पनि मेडिकल कलेज छिटो बन्नुपर्ने चिकित्सकहरु बताउाछन् । जुम्लामा भएको स्वास्थ्य विज्ञान प्रतिष्ठानले धान्ने अवस्था छैन । स्वास्थ्य सेवामा जनताको सहज पहुाच मौलिक अधिकार हो ।

स्वास्थ्य संस्था, जनशक्ति र पूर्वाधारका हिसावले पनि कर्णाली प्रदेशको स्वास्थ्य सेवा भरपर्दो छैन । त्यसैले सुर्खेतमा मेडिकल कलेज स्थापनाको काम तीव्र गतिमा अघि बढाउन आनकानी गर्नु हुन्न । प्रदेश र संघीय सरकार यसमा गम्भीर हुनु आवश्यक छ ।