१२ बैशाख २०८१, बुधबार

यस्तो रणनीतिसहित एमाले देशब्यापी चुनावमा: यथास्थितिमा असंभवजस्तो लाग्ने लक्ष्यलाई सहज भन्छन्

uml meting

चुनौतीथप्दै गरेको सत्ता गठबन्धनविरुद्ध चुनावमा लड्न एमाले आक्रमक रुपमा अघि बढेको छ ।

एमालेले अध्यक्षओली नेतृत्वमा केन्द्रीयनिर्वाचन परिचालन कमिटी नै गठन गरेको छ भने भातृसंगठनहरुलाई पनि सक्रिय रुपमा अघि सारेको छ । त्यस्तै पार्टीको फरक मतप्रति समेत नरम बन्दै गएको नेतृत्वले अन्र्तघात रोक्दै गठबन्धनविरुद्ध एक्लै लड्न रणनिति अघि सारेको छ ।

निर्वाचन नजिकिदै गर्दा एक्लै चुनावी लडाईमा अघि बढेको नेकपा एमालेले तयारीलाई व्यापक पारेको छ । जसकालागि भातृृ संगठनलाई सडकमा उतार्ने देखि सरकारका कामप्रति कडा रुपमा प्रस्तुतहुने रणनिति अलम्बन गरेको एमालेले आफू कमजोर नभएको सन्देश दिनलागि परेको छ ।

केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय, स्थायी कमिटी, पोलिटब्यूरो, केन्द्रीय कमिटी र निर्वाचन परिचालन कमिटीको बैठकले सम्पूर्ण रूपमा पार्टी पंक्ति चुनावमा होम्ने निर्णय गरेको हो ।

निर्वाचन तयारी स्वरुप एमालेले चुनावी एजेण्डा, उम्मेदवार चयनको मापदण्ड, टिकट वितरणको प्राधिकार र निर्वाचन परिचालन सचिवालय समेत टुंग्याएको छ ।

त्यस्तै चुनावी एजेण्डा र नारा समेटेर घोषणापत्र चाँडै तयार पार्ने निर्णय पनि गरेको एमालेलेअध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

उक्त कमिटीलाई व्यवस्थित र परिचालन गर्न सचिवालय पनि गठन गरिएको छ । तिनै तहमा बन्ने यो कमिटि अन्तर्गत प्रदेशमा गठन हुने निर्वाचन परिचालन कमिटीको काम निर्वाचन अनुगमनका साथै वक्ता व्यवस्थापनको हुनेछ भने जिल्लामा गठन गरिने निर्वाचन परिचालन कमिटीले सम्पूर्ण रूपमा समग्र प्रचार कामको नेतृत्वगर्ने कार्यभार दिईएको छ ।

त्यस्तै आगामी निर्वाचनमा एक्लै गठबन्धनको सामना गर्नुपर्ने निचोडमा पुगेको एमालेले मुद्दा मिल्नेसँग चुनावी एकता गर्ने कार्यलाई पनि प्राथमिकतामा राखेको छ । त्यस्तै आगामी प्रधानमन्त्रीमा ओलीलाई नै अघि सारेको एमालेले अन्तर्घात रोक्ने र एक ढिक्का भएर अघि बढ्ने विषयलाई बढि प्राथमिकता दिएको छ ।

एमालेमा ओलीलाई निरन्तर साथदिदै आएका, १० बुँदे सहमति गरी माधव नेपालको पार्टीमा नगएका र माओवादी केन्द्र छोडेर आएकाहरु गरी तीन अलग पृष्ठभूमिका नेताहरु छन् । तर स्थानीय चुनावमा आफू निकटकै नेताहरुबीच अन्तर्घात भएको निष्कर्षमा ओली छन् ।

अन्तर्घातकै कारण ६० स्थानीयतहमा पराजित हुनु परेको सार्वजनिक अभिव्यक्ति नै दिएका ओलीले अहिले फरक मतप्रति पनि नरम देखिएका छन ।

दशबुँदे मार्फत भित्रिएका घनश्याम भूसालले प्रधानमन्त्रीमा सुवास नेम्बाङलाई अघि सार्न गरेको मागमा समेत मौन देखिएका ओलीले जितलाई मात्र एक मात्र लक्ष्य बनाएका छन । यता भातृ संगठन युवा संघलाई सडकमा फोहोर उठाउने जस्तो सन्देश मुल काममा लगाएको एमालेले चुनावको मुखमै विश्व विद्यालयको समस्यालाई पनि उठाएको छ ।

आफू निकट उपकुलपती मार्फत विश्व विद्यालयमा शैक्षिक वातावरण नभएको सन्देश दिने कार्य गराउने र विद्यार्थी संगठनलाई त्यहि मुद्धामा केन्द्रीत बनाउने कार्य कहि कतै चुनावी अभियानसंग समेत जोडिएको देखिन्छ । त्यस्तै भातृ संगठनहरुलाई पनि चुस्त बनाएर अघि बढेको एमालेले राष्ट्रपती मार्फत नागरिकता विधेयकलाई एजेण्डाको रुपमा प्रयोग गरेको छ ।

एमालेले कम्युनिष्ट मत तान्न सकिने निष्कर्ष सहित राजनीतिक ध्रुवीकरणको एजेण्डा प्रचारमा लादैछ । त्यस्तै नेतृत्वको वोली नै अन्तिम हुने र त्यस विरुद्ध जानेलाई ठाँउका ठाँउ कारबाही गर्ने रणनितीमा समेत एमाले अघि बढेको छ । एमालेले यीनै तयारी मार्फत सत्ता गठबन्धनविरुद्ध धक्का दिन खोजे पनि यसको प्रभाव कस्तो कस्तो देखिन्छ त्यो भने गठबन्धनको आगामी कदमा निर्भर रहने देखिन्छ ।