८ बैशाख २०८१, शनिबार

ब्याजदर बढाएर मूल्यवृद्धि नियन्त्रण गर्ने राष्ट्र बैंकको योजना असफल

nepal rb

महंगी नियन्त्रण गर्न केन्द्रीय बैंकहरुले चाल्ने मुख्य उपाय नै ब्याजदर बढाउनु हो । तर यो उपायले विश्वभर नै काम गरेको छैन ।

नेपाल राष्ट्र बैंकका अनुसार गत वर्षको असारमा ४ दशलमव एक-नौ प्रतिशतले बढेको महंगी यो वर्षको सोही अवधिमा भने ८ दशमलव शून्य-आठ प्रतिशत पुगेको छ ।

अमेरिकामा सन् १९८१ यताकै महंगी उच्च मात्रामा बढेर ९ दशमलव एक प्रतिशत छ । ब्राजिलमा महंगी १२ दशमलव एक प्रतिशतले बढेको छ । जुन २६ वर्षयताकै उच्च हो ।

बेलायतमा सन् १९७६ यताकै बढी अर्थात् १८ प्रतिशत बढ्ने अनुमान छ । ठूला केन्द्रीय बैंकहरुले ब्याजदर बढाएको बढायै हुादा पनि महंगी किन नियन्त्रणमा आएको छैन त ?

वाणिज्य बैंकहरुले लिने कर्जाको ब्याजदर एक वर्षअघि औसत ८ दशमलव चार-तीन प्रतिशत थियो । जुन अहिले ११ दशलमव छ-दुई प्रतिशत छ । त्

यसैगरी गत वर्ष ४ दशमलव छ-पााच प्रतिशत रहेको निक्षेपको ब्याजदर अहिले ७ दशमलव चार-एक पुगेको छ । आकर्षक ब्याजका कारण बचत गर्नेहरु बढेर महंगी नियन्त्रणमा सहयोग पुग्ला भन्ने केन्द्रीय बैंकको अपेक्षा पूरा भएको छैन ।

आन्तरिक उत्पादनभन्दा आयातित वस्तुमा मूल्य बढेकाले महंगी उकालो लागेको हो । अघिल्लो वर्षको तुलनामा घ्यू-तेलको २६ प्रतिशत र दाल तथा गेडागुडीको मूल्य ९ प्रतिशतले बढेको छ ।

राष्ट्र बैंकको ब्याजदरका कारण घट्दो विदेशी विनिमय सञ्चिती भने सुधारिएको छ । बाहृय बस्तुकै कारण बजारमा अधिक मूल्य बढेकाले आन्तरिक उत्पादनमा ब्याजको लागत महंगो नहोस् भनेर चाहिा राष्ट्र बैंक सचेत हुन जरुरी छ ।