१५ चैत्र २०८०, बिहीबार

राष्ट्र बैंकले ३ अर्ब १३ करोडको ट्रेजरी बिल बिक्री गर्ने

rastra bank

नेपाल राष्ट्र बैंकले सोमबार ३ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

बैंकले ९१ दिन अवधिको ३ अर्ब १३ करोड रुपैयाँ ट्रेजरी बिल बोलकबोल मार्फत बिक्री गर्न लागेको हो ।

राष्ट्र बैङ्कका अनुसार ९१ दिने ट्रेजरी आगामी मङ्सिर १३ गते परिपक्व हुनेछ । यसअघि राष्ट्र बैंकले २८ दिन अवधिको २ अर्ब रुपैयाँ, ९१ दिन अवधिको ५ अर्ब २३ करोड ३२ लाख रुपैयाँ १८२ दिन अवधिको ६ अर्ब रुपैयाँ र ३६४ दिन अवधिको २ अर्ब गरी कूल १२ अर्ब २३ करोड ३२ रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो ।

ऋणपत्रको बोलकबोल अनलाइनमार्फत सोमबार दिउँसो ३ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले सरकारलाई आवश्यक पर्ने अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत प्रत्येक हप्ता यस्ता ऋणपत्र बिक्री गर्ने गर्दछ ।