१२ बैशाख २०८१, बुधबार

केन्द्रदेखि गाउँसम्म चुनावी चहलपहल: सिन्धुपाल्चोक १ मा गठबन्धनबाट अग्निप्रसाद सापकोटा कि मोहन वस्नेत

Agni Mohan

सिन्धुपाल्चोकको क्षेत्र नं १ सत्ता गठबन्धनबाट सभामुख अग्निप्रसाद सापकोटाले टिकट पाउाछन् कि कांग्रेसका केन्द्रीय सदस्य मोहन वस्नेतले भन्ने चर्चा भइसकेको छ । दुवै जना एउटै क्षेत्रका सशक्त दाबेदार हुन् ।

यस्तै क्षेत्र नं. २ मा एमाले नेता शेरबहादुर तामाङ र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपतिशम्सेर जवरालाई ठक्कर दिन गठबन्धनकाबाट को उम्मेदवार होला भन्ने चर्चा पनि छ ।

प्रतिनिधिसभामा २ र प्रदेशसभातर्फ ४ सिट रहेको सिन्धुपाल्चोकमा मुख्य दलले कस्ता उमेदवार उठाउाछन् भन्नेमा मतदातामा कौतुहलता छ ।

त्यसो त दोलखा, रामेछाप, सिन्धुलीलगायतका जिल्लामा पनि कुन दलले कसलाई उम्मेदवार बनाउलान् भनेर मतदाता आंकलन गर्न थालिसकेका छन् ।

प्रतिनिधिसभातर्फ १ र प्रदेशसभातर्फ २ निर्वाचन क्षेत्र रहेको दोलखामा कांग्रेसका ३ जना केन्द्रीय सदस्य र एमालेबाट पूर्व २ मन्त्री भइसकेकाहरु नै चुनावी मैदानमा आउाछन् या नयाा कोही उमेदवार आउाछन् भन्ने चर्चा छ । यस्तै कौतुहलता रामेछापमा पनि छ ।

त्यसैगरी सिन्धुली क्षेत्र नं. २ माओवादीका उपमहासचिव हरिबोल गजुरेलका कारण चर्चामा छ । यो क्षेत्रमा गठधन्धन हुन्छ कि दलहरु छुट्छुटै लडछन् भनेर आम मतदाताले चासो राखेका छन् ।

प्रतिनिधिसभातर्फ २ र प्रदेशसभातर्फ ४ निर्वाचन क्षेत्र रहेको सिन्धुलीमा कस्ता उमेदवार चुनावी मैदानमा उत्रन्छन् चिया पसलदेखि चौतारीसम्मै चर्चा चुलिएको छ ।

निर्वाचनको मिति नजिकिादै जाादा मुख्य दलका उमेदवार टिकट लिन केन्द्रीय नेताको घर दैलो धाउादैछन् । अबको केही दिनभित्रै दलहरुले उम्मेदवारी टुंगो लगाए चुनावी माहोल अझ राम्रो बन्दै जाने देखिन्छ ।