७ बैशाख २०८१, शुक्रबार

मापदण्ड तयार पार्न व्यस्त दलहरु, मतदाता उम्मेदवारको पर्खाइमा !

election

मधेस प्रदेशका शहर मात्र नभई ग्रामीण क्षेत्रका चोक चौराहामा पनि प्रत्येक बिहान चिया पिउनेहरुको जमघट हुन्छ । यसरी नै सधैं भेटघाट हुने चिया पसलमा अहिले घरायसी र व्यक्तिगत भन्दा पनि मसिंर ४ गते हुने निर्वाचनमा विषयमा कुरा हुने गरेको पाइन्छ ।

मधेश प्रदेशमा उम्मेदवारी घोषणा गर्ने होड पनि चलेको छ । कसैले मतदातालाई भेटेरै त कतिपयले समाजिक सञ्जालमार्फत् उम्मेदवारी घोषणा गरिरहेका छन् । उम्मेदबारी घोषणा गर्नेहरुमा वहालवाला जनप्रतिनिधिदेखि विगतमा पराजित भएकाहरुसम्म छन् ।

सत्ता गठबन्धन दलहरुबीच सिट बााडफााटको टुंगो लाग्न नसके पनि आकांक्षीको सूची लामै देखिन्छ । टिकट हात पार्नका लागि नेताहरुको दौडधुप एकातिर बढेको छ भने अर्कोतर्फ पार्टी नेतृत्वलाई दवाब र प्रभावमा पार्ने काम पनि हुन थालेको छ ।

मधेश प्रदेशमा ३३ लाख ३१ हजारभन्दा बढी मतदाता छन् । भौगोलिक रुपमा सानो र सुगम, बाक्लो जनघनत्व र घना बस्ती रहेको मधेश प्रदेशका ८ जिल्लामा प्रतिनिधिसभाका लागि ३२ र प्रदेशसभाका लागि ६४ वटा निर्वाचन क्षेत्र छन् ।