६ बैशाख २०८१, बिहीबार

रस्साकस्सी जारी सिट बाँडफाँट गर्न गठबन्धन दलबीच !

gath

प्रत्यक्षतर्फका १ सय ६५ सिट बाँडफाँटका लागि गठबन्धन दलबीच रस्साकस्सी जारी छ । दलहरु आ-आफ्नो अडानमा कायम रहँदा कार्यदलका पटक-पटकका बैठक निष्प्रभावी जस्तै बनिरहेका छन् ।

माओवादी केन्द्रले यसअघिको प्रतिनिधिसभा र प्रदेश सभा जितलाई आधार बनाउनुपर्ने भनिरहेका बेला कांग्रेसले २०७९ को स्थानीय तहको निर्वाचन नतिजालाई प्रमुख आधार बनाउनुपर्ने तर्क गरिरहेको छ ।

कार्यदलले जित सुनिश्चितताको आधार बनाएर वैज्ञानिक रुपमा बाँडफाँटको मापदण्ड बनाउनुपर्ने बताइरहेको छ। तर भागबन्डा नटुंगिए पनि सत्ताघटक दलहरुले निर्वाचन क्षेत्रमा उपयुक्त उम्मेदवार सिफारिस गर्न पार्टी कमिटीलाई सकृय बनाईरहेका छन् ।

देशभरका सबै निर्वाचन क्षेत्रमा उम्मेदवार तयारी अवस्थामा राख्ने रणनीति बनाएर सिफारिसको मापदण्ड नै दलहरुले तल्ला तहमा पठाएका छन् ।

गठबन्धनमा कुरा मिलेपछि ती सिफारिसमध्येबाट उम्मेदवारको अन्तिम टुंगो लगाउने तयारी दलहरुको हो ।