१३ बैशाख २०८१, बिहीबार

भौतिक दुरी बढेपछि प्रविधिको सहयोगमा बुबाको मुख हेरेर कर्म

virtual fathers day celebration
फाइल फोटो

बा, बुबा, बाबा अर्थात पिता । एउटा अमर साईनो । धरतीमा पहिलो दृष्टि र स्वाससंगै भेटिने आमासंगैको अभिभावक ।

आज भाद्र कृष्ण औंसी देश अनि विदेशमा रहेका नेपालीले बुबाको मुख हेर्ने दिनका रुपमा मनाएका छन् । तर अध्ययन, रोजगारी र उद्यमका लागि परिवारसागै हुन नपाएका धेरै छोराछोरीहरुले प्रविधिको सहयोगमा बुबाको मुख हेरेका छन् ।

बाबा । सानोमा ताते-ताते गरेर हिाड्न सिकाउने, हाम्रो जीवन सजाउन दिन-रात अहोरात्र खटेर हामीलाई कर्म अनि सुरक्षा दिने अग्रज व्यक्तित्व । सामान्यतया सन्तान बाबा कै समीपमा हुर्किन्छन् । अनि बाबा कै बिडो थामेर कर्म गर्छन् । तर, समय कठोर पनि हुन्छ ।

बदलिदो जीवनशैली र रोजगारीका लागि विदेशिनु पर्ने बाध्यताले अहिले बाबा र सन्तान बिचको भौतिक दुरी बढ्दै गएको छ । तर प्रविधिको सहयोगमा भएपनि उनीहरुले बुबाको मुख हेरेका छन् ।

काम, रोजगार र जिम्मेवारीका शिलशिलामा धेरैका सन्तान अहिले जन्मघर र बाबाआमा भन्दा टाढा छन् । घरमा रहेका बुढा बा-आमा सन्तानको सुख नै हाम्रो सुख हो भनेर आफैले आफैलाई सम्झाएर बसेका छन् ।

माता पिताको मन सायद यो धरती अनि आकाशभन्दा ठुलो हुन्छ । सन्तानले मायाले ‘बाबा’ भन्दा पनि उनीहरु खुसीले ब्रुरुक्क उपि|mन्छन् अनि आफ्ना सन्तानले वेवास्ता गर्दा पनि ‘उसको भलो त हाम्रो भलो’ भनेर खुसी मनले बस्छन् ।

पश्चिम पहाडी जिल्लाका यस्तै सन्तोषी बा आमा अहिले पुरानो घर र बृद्धभत्ताको भरमा छन् । परिवार रोजगारीको सन्दर्भमा टाढा भएपनि प्रेमले निकट हुनुपर्छ । कुशे औंसीको दिन पारेर उनीहरुको मुख हेर्ने मात्रै होईन ।

मन, वचन र कर्मले बाको अन्तर हृदय हेरौं, बुझौं र ग्रहण गरौं । उनीहरुका सिकाई र अनुभवहरु ग्रहण गरौं । बदलिदो समयक्रम र हाम्रो जीवनशैलीसंगै धेरैलाई आफ्नो अभिभावकसंग संगै बस्ने अवसर गुमेको छ । तर, उनीहरुलाई खुसी बनाउन सकिने अनेक उपाय छन् । ‘बा आमा हामीसंग’ हैन ‘हामी बा आमा संग’ भन्ने भाव सम्प्रेषण गरौं ।

    सम्बन्धित समाचार...