१३ बैशाख २०८१, बिहीबार

‘समस्या छैन् सिट बाँडफाँडमा, माओवादी केन्द्रकाे तर्फबाट भावी प्रधानमन्त्री प्रचण्ड’

sakti basnet
फाइल फोटो

नेकपा (माओवादी केन्द्र) नवनियुक्त उपमहासचिव शक्तिबहादुर बस्नेतले गठबन्धनको सिटको बाँडफाँड सबैलाई स्विकार्य हुने गरी मिल्ने दाबी गर्नुभएकाे छ ।

आज (शनिबार) राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले अहिले सिट बाँडफाँडबारे गम्भीर रुपमा छलफल चलिरहेको र छिट्टै निश्कर्षमा पुगिने बताउनुभएकाे हाे ।

उहाँले सिट बाँडफाँडबारे अहिले गठबन्धनमा आवद्ध दलहरुको तर्फबाट प्रस्तावमाथि छलफल भैरहेको सुनाउनुभयाे । उहाँले भन्नुभयाे,“अहिले छलफल भैरहेको छ, अब यसबारेमा निश्कर्ष निकाल्छौं ।”

उहाँले सिट बाँडफाँडबारे हिजो स्थानीय तहको निर्वाचनमा पनि समस्या थियो र त्यसलाई हल गरिएको सुनाउँदै अहिले संघको निर्वाचनमा पनि सिट बाँडफाँड मिल्ने बताउनुभयाे । उहाँले भन्नुभयाे,“गठबन्धन आजको आवश्यकत्ता हो कि होईन भन्ने कुरा पहिले बुझ्नुपर्यो । अहिले सबै दल गठबन्धन गरेर जाने निश्कर्ष निकालेका छन् । त्यसैले सिट बाँडफाँड मिल्छ ।”

उहाँले कांग्रेस १६५ सिटमै उम्मेद्धवार खडा गर्ने पार्टी भएको र माओवादी केन्द्र पनि त्यस्तै पार्टी भएकाले सिट बाँडफाँड ठूलो समस्या नभएको जिकिर गर्नुभयाे ।

उहाँले माओवादी केन्द्रको तर्फबाट भावी प्रधानमन्त्रीको रुपमा लिएर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कै नेतृत्वमा आफूहरु चुनावमा सहभागि हुने बताउनुभयाे ।