११ बैशाख २०८१, मंगलवार

वामपन्थीहरूबीच एकता र सहकार्यको आह्वान गर्दछु : एमाले अध्यक्ष ओली

300691140 621836245966488 1904423402734560505 n

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक, देशभक्त, प्रगतिशील र वामपन्थीहरूबीच एकता र सहकार्यको आह्वान गरेका छन् ।

एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले तर, त्यस्तो एकता सक्कली हुनुपर्ने बताएका छन् । उनले एकताको नाममा अल्मलिने भूलचाहि एमालेले नगर्ने प्रष्टाएका छन् ।

नेकपा एमाले केन्द्रीय कमिटी बैठक पार्टीको केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा आज दोस्रो तथा अन्तिम दिन जारी छ । बैठकमा पोलिटब्यूरो बैठकले गरेका निर्णयहरू पेश क्रमैसँग भइरहेका छन् ।