१५ चैत्र २०८०, बिहीबार

कालापानी विवाद नेपाल र भारतको हो : चीन

Zhao Lijian

पछिल्लो समय कालापानीको सीमाबारे भइरहेको नेपाल र भारतको सीमा विवादबारे अब चीनले पनि मुख खोलेको छ ।

कालापानी, लिपुलेक र लिम्पियाधुरामा भएको भारतीय अतिक्रमणमा आफू पनि जोडिएपछि चीनले यो विवादलाई नेपाल र भारतबीचको मुद्दा भएको बताएको छ।

गत वर्ष भारतले जम्मुकश्मिरको विशेष राज्यको दर्जा हटाएपछि भारतले आफ्नो राजनीतिक नक्सामा लिपुलेकलाई समावेश गरेपछि नेपालले आपत्ती जनाएको थियो ।

नोभेम्बर २०१९ को यो घटनापछि चीनले अब आफ्नो बाटो नै नेपाली भूमि अतिक्रमण गरेर बनाएको छ ।

नेपालको मन्त्रीपरिषद् बैठकले हिजो (सोमबार) भारतद्वारा अतिक्रमित कालापानी क्षेत्र समेत समेटिएको नक्सा पारित गरिसकेको छ। तर चीनले घुमाउरो शैलीमा ‘एकपक्षीय कारबाही’ गर्नबाट बच्नुपर्ने तर्क गरेको छ।

नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालय प्रवक्ता झाओ लिजियानले भनेका छन्, ‘कालापानीको मुद्दा नेपाल र भारतबीचको हो, दुवै देशले मैत्रीपूर्ण परामर्शको माध्यमबाट आपसी मतभेद सुल्झाउने हाम्रो अपेक्षा छ। स्थितिलाई जटिल बनाउने कुनै पनि प्रकारको एकपक्षीय कारबाही गर्नबाट दुवै देश बच्नुपर्छ।