१६ चैत्र २०८०, शुक्रबार

प्रधानमन्त्री ओली : ‘ओम्‍नी समूह के हो म चिन्दिनँ’

kp oli 1

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले ओम्‍नी समूह नचिनेको दाबी गरेका छन् । उनले आफ्नो क्षेत्र व्यापार, व्यवसाय नभएकाले त्यसबारेमा मुछिएको भन्दै दुखेसो पोखेका छन् ।

संसद्‍मा नीति तथा कार्यक्रमको जवाफ दिँदै प्रधानमन्त्रीले ओम्‍नी समूहसँग चिकित्सा सामग्री खरिद गर्ने सम्झौता स्वास्थ्य विभागको डीजीले गरेको बताए ।

उनले त्यो विषय प्रधानमन्त्रीले नहेर्ने ब्रिफिङमात्रै लिने बताएका हुन् ।

चिकित्सा सामग्री खरिद् अथवा अन्य कुनै विषयमा पनि भ्रष्टाचार भएको छ भने नछाड्ने बताए । उनले जेमा पनि भ्रष्टाचार जोड्नु, गर्‍यो भन्नु भ्रष्टाचार विरोधी सरकारको कदमलाई सहयोग नपुर्‍याउने बताए ।

कानुनी व्यवस्थाअनुसार नै छिटो ल्याउन खोजिएको बताए । भने जति सामान, भनेको समयमा नआएपछि सम्झौता रद्द भएको बताए । त्यसबारे छानबिन हुने दोषी भए कारबाही गर्ने बताए ।

एउटा एउटा कम्पनी बोकेर हिँड्ने, त्यसले पाउनुपर्ने भन्ने नपाएपछि विरोध गर्ने, सञ्चारमाध्यममा आउने हुन नहुने पनि उनले बताए ।

एक रुपैयाँ भ्रष्टाचार भएको भए पनि कारबाही हुन्छ

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रणका लागि खरिद गरिएका सामानमा भ्रष्टाचार भएको भए कडा कारबाही हुने बताएका छन् । 

मंगलबार प्रतिनिधिसभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले स्वास्थ्य सामग्री खरिदमा एक रुपैयाँ मात्र पनि भ्रष्टाचार भएको भए दोषीहरूमाथि कडा कारबाही हुने प्रतिबद्धता जनाएका हुन् । 

उनले अहिलेको अवस्था जटिल भएकाले द्रुत माध्यमबाट सामान खरिद गर्नुपर्ने  भएकाले खदिर प्रक्रियामा भने केही छरितोपन अपनाइएको बताए । 

‘एक रुपैयाँ भ्रष्टाचार अनियमितता गरेको भए कारबाही हुन्छ,’ उनले भने, ‘उत्पादित देशहरूमा नै यसको हाहाकार भएको छ, त्यसैले अहिलेको अवस्था सामान्य अवस्था होइन, केही बढी मूल्य पर्न सक्छ ।’