७ बैशाख २०८१, शुक्रबार

देउराली जंगलमा बम फेला

bomb

मदन भण्डारी लोकमार्ग अन्तर्गत चौदण्डीगढी नगरपालिका ३ बँदेलपानी र बेलका नगरपालिका ५ सुपाडे बीचमा पर्ने देउराली जंगलमा कार्टुनमा तार बाँधिएको अवस्थाको शंकास्पद बस्तु फेला परेको छ ।

नेत्रबिक्रम चन्द (बिप्लब) नेतृत्वको नेकपा लगायत ४ राजनीतिक पार्टीहरुले गरेको संयुक्त नेपाल बन्दमा शंकास्पद बस्तु बम फेला परेको हो ।

मदन भण्डारी लोकमार्गमै शंकास्पद बस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी ज्ञानेन्द्र फुयालले सडक छेउमा विद्युतको तार जोडिएको कार्टुन भेटिएको बस्तु के हो भन्ने बुझ्न र बम भए डिस्पोज गर्न नेपाली सेनाको डिस्पोजल टोली घट्नास्थलतर्फ पठाइएको बताए ।

 सडक छेउमा शंकास्पद बस्तु भेटिएको जानकारी आए लगतै नेपाली सेनाको बोक्सेस्थित गणबाट बम डिस्पोजल टोलीले घट्नास्थल पठाएका बताए । शंकास्पद बस्तुमा बम वा अन्य बिष्पोटक पदार्थ के हो यकिन गर्न टोली परचिालन गरिएको छ ।

बिप्लब नेतृत्वको नेकपाले ०७७ फागुन २१ गते तत्कालीन सरकारसँग गरेको ३ बुँदे सहमति कार्यान्वयन नगरेको, राष्ट्रघाति अमेरिकन परियोजना मिल्लेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गरेको तथा अमेरिकाकै स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपि) लागू गर्न खोजेको भन्दै अन्य ३ राजनीतिक दलहरुसँगको सहकार्यमा मंगलबार नेपाल बन्दको आव्हान गरेको थियो ।